back
CTIZAN AD

कर्णाली नदी कटान : सत्ती पुल, बर्दियाको राजापुर, टीकापुरको श्रीलङ्का जोखिममा

वि.सं.२०७९ साउन २२ आइतवार

720 

shares

टीकापुर । कर्णाली नदीले बर्दियातर्फ कटान तीव्र पारेपछि सत्ती पुल, बर्दियाको राजापुर र टीकापुर–८ स्थित श्रीलङ्का गाउँ जोखिममा रहेका छन् । कैलाली र बर्दिया जोड्ने सत्ती पुलको बर्दियातर्फ कटान भएपछि पुल र बस्ती जोखिममा परेको हो । पुलको उत्तरपट्टि करिब २० मिटर माथि गरिएको तटबन्ध भत्किएको र ड्याम भासिएर भत्कन थालेको छ । सत्ती पुल निर्माण भएदेखि नै जोखिममा रहेको बताइएको छ ।

हरेक वर्ष बर्दियातर्फ भत्कँदै गएको नदीको भँगालो छिर्ने बर्दियातर्फ छिर्ने जोखिम बढेको छ । बर्दियातर्फ नदीको भँगालो पसेमा टीकापुर–८ श्रीलङ्का डुबानमा पर्ने जोखिम छ । त्यहाँ करिब ५० परिवार बस्दै आएका छन् । हजाराँै बिघा खेती कटानको जोखिममा छ ।

श्रीलङ्कामा बस्ती सुरक्षाका लागि सशस्त्र प्रहरीको विओपी रहेको छ । “त्यहाँ विद्यालय, आधारभूत स्वास्थ्य इकाइ छ, कटान बढेमा त्यहाँका नागरिक अन्यत्र सार्नुपर्छ”, टीकापुर–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले भने, “शनिबार कटान क्षेत्र र श्रीलङ्का बस्ती अनुगमन र स्थानीयसँग छलफल भएको छ । नदी बस्तीमा पस्नसक्ने जोखिम रहेकाले त्यहाँका नागरिकलाई उद्धारका लागि नगरपालिका तयारी अवस्थामा रहेको छ । साथै अत्यावश्यक सामान सुरक्षित राख्न भनेका छौँ । बढी वर्षा भएर कटान बढेमा बस्ती सार्छौं ।”

नदी बर्दियातर्फ पसेमा राजापुर क्षेत्रको जङ्गल र राजापुरका विभिन्न बस्ती र बजारसमेत जोखिममा रहेको छ । गत वर्ष पनि कैलाली र बर्दिया जिल्ला जोड्ने हुलाकी राजमार्गमा रहेको यो पुल अवरुद्ध भएपछि ६ दिन बन्द गरिएको थियो । पुलको पूर्व अर्थात् बर्दियातर्फको भाग भासिएपछि आवागमन अवरुद्ध भएकामा मर्मतपछि पुनः सञ्चालन भएको थियो । “पुलको भासिएको ठाउँमा ठूलाठूला ढुङ्गा हालेर खम्बामा अड्याएर सडक मर्मत गरिएको थियो”, स्थानीय सुरेश ठकुल्लाले भने, “कर्णाली नदीबाट उत्पन्न जोखिम न्यूनीकरणका लागि कैलाली र बर्दिया मिलेर काम गर्न आवश्यक छ ।”

सत्ती पुल भएर दैनिक सयौँ सवारीसाधन र हजारौँ नागरिक आवतजावत गर्दछन् । नदी कटान भएर बस्ती पसेमा राजापुर–४ को सङ्घर्षनगर, मुक्त कमैया बस्ती, छेदियालगायत दर्जन गाउँमा बाढी पस्ने खतरा बढ्नेछ । जलस्तर बढ्दै गएपछि कर्णालीमा हरे वर्ष नदी कटान र नदीले धार परिवर्तन गर्ने गरेको छ । पानीको बहाव बढी भएकाले ठूलो बाढी आउनासाथ पुल बगाउने जोखिम बढेको छ । जेनतेन टालटुल पारेर संरक्षण हुँदै आएको पाँच सय ३१ मिटर लामो पुल ६ वर्षअघि रु ४६ करोड लागतमा रसुवा कन्स्ट्रक्सनले निर्माण गरेको हो ।

हुलाकी सडक आयोजनाअन्तर्गत सत्ती पुलमा १४ पिलर छन् । कर्णाली नदीले पश्चिमतर्फ धार परिवर्तन गर्दै पूर्वतर्फ बग्न थालेकाले यहाँ थप एक पिलर निर्माण गर्नुपर्ने थियो । पूर्वतर्फ कटान गरेको ठाउँमा थप एक पिलर राख्नुपर्ने स्थानीय र प्राविधिकले पुल निर्माणकै क्रममा सल्लाह दिँदै आए पनि सम्झौता नै नभएको भन्दै बन्न सकेन । एउटा पिलर नथपिएकै कारण पुल जोखिममा रहेको छ । रासस

 

वि.सं.२०७९ साउन २२ आइतवार ०९:१२ मा प्रकाशित

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...