back
CTIZAN AD

एनसेलले ल्यायो ‘सही यो ! पावर सिम’ अफर

वि.सं.२०७९ साउन २३ सोमवार

741 

shares

काठमाडौं । एनसेल आजियाटाले आफ्नो स्टार्टर प्याक ‘सही यो ! पावर सिम’ पुनः संचालनमा ल्याएको छ । कम्पनीले सिम लिँदा इन्स्टाग्राम, माईफाइभ लगायत विभिन्न डिजिटल सेवाहरुमा निःशुल्क पहुँच हुने जनाएको छ ।

आज (सोमबार)देखि नै लागू हुने गरी कम्पनीले यो अफर ल्याएको हो । यस अन्तर्गत ग्राहकहरूले करसहित मात्र ९७ रुपैयाँ तिर्दा यो सिम लिन सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो सिममा ग्राहकले २० रुपैयाँको मेन ब्यालेन्ससहित सात दिन समयावधि रहेको २०० एमबी डेटा, २० मिनेट अन नेट टक टाइम र २० वटा अन नेट एसएमएस पाउने छन् ।

यसका साथै युवाहरुको लागि विशेष यस सही यो प्याक लिने ग्राहकले प्याक सुचारु भएको दिनबाट ३० दिनसम्म इन्स्टाग्राम सेवा नन्स्टप रुपमा निःशुल्क चलाउन सक्ने बताइएको छ । यो प्याक सुचारु गर्ने ग्राहकले ३० दिन सम्म माईफाइभ सेवा पनि निःशुल्क सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ । माईफाइभ सेवाअन्तर्गत ग्राहकले कुनै ५ वटा एनसेल नम्बरहरु पेयर गरि ती पाँच माईफाइभ नम्बरहरूमा प्रति मिनेट मात्र ५० पैसामा कुराकानी गर्न सक्ने बताइएको छ ।

कम्पनीका अनुसार ग्राहकले सीम सुचारु गरेको २ देखि ६ महिनाको अवधि भित्र ५० रुपैयाँ वा सोभन्दा बढि रिचार्ज गरेमा निःशुल्क इन्स्टाग्राम र माईफाइभ सेवा पुनः सुचारु हुने छ । निःशुल्क इन्स्टाग्राम र माईफाइभ सेवा कुल ६ महिना संचालनमा रहने कम्पनीले जनाएको छ । ग्राहकले एस्ट्रिक्स १७१६४ ह्यास डायल गरी माइफाइभ सेवा अन्तर्गत कुनै पाँच एनसेल नम्बर पेयर गर्न सक्ने बताइएको छ ।

वि.सं.२०७९ साउन २३ सोमवार १२:५२ मा प्रकाशित

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

कामपाको बजेट: करको दर हेरफेर, आफ्नै अस्पतालदेखि घर-घरमा नागरिकता र परिचयपत्र

कामपाको बजेट: करको दर हेरफेर, आफ्नै अस्पतालदेखि घर-घरमा नागरिकता र परिचयपत्र

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बहाल करको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...