back
CTIZAN AD

पर्वतमा विद्युतीय दुर्घटनामा परेर एकको मृत्यु, ८ जना घाईते, २०० घरमा क्षति

वि.सं.२०७९ साउन २३ सोमवार

945 

shares

काठमाडौं । पर्वतको जलजला गाउँपालिका धाइरिङ ७ मा विद्युतीय दुर्घटनामा परेर १ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार बिहान ६ बजे विद्युत सर्ट भइ आगलागी हुँदा स्थानीय ५० वर्षीया सिता केसीको मृत्यु भएको छ ।

हाइ भोल्टेजको करेन्ट प्रवाह भइरहेका कारण समस्या देखिएपछि मिटरवक्स बन्द गर्न गएकी केसीको करेन्ट लागेर मृत्यु भएको जलजला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यका स्वकीय सचिव राज आर्चायले संसारन्युजलाई जानकारी दिएका छन् ।

सचिव आचार्यका अनुसार उक्त ठाउँमा झण्डै २०० घरको मिटरबक्स जलेका छन् । पहिले स्थानीय प्रताप आचार्यको बाख्रा फारममा विद्युत् सर्ट भइ आगो लाग्दा उनका ११ वटा बाख्रा करेन्ट लागेर मरेका छन् । त्यसको आधा घण्टामै सीता केसीको मिटर बक्स बन्द गर्न जाने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

उनले करेन्ट लागेर घाईते मध्ये ४ जनालाई उपचारका लागि म्याग्दी अस्पतालमा पठाइएको जानकारी दिएका छन् भने अन्य केहीलाई सामान्य करेन्ट लागेको बताए ।

एक हप्तादेखि विग्रिएको थियो विद्युत्
आचार्यका अनुसार ११ हजार भोल्टेजको मेन लाइनको पोलमा लगातार १ सातादेखि समस्या आइरहेको थियो । मेन लाइन र शाखाको लाइन एउटै पोलबाट वितरण भइरहेकोले हाइ भोल्टेजका कारण समस्या आएको थियो ।
‘मेन लाइनको तार पोलको किमा छोइएको कारणले त्यो भोल्टेज एउटै लाइनको पोलमा गएर शाखामा छिरेपछि यस्तो घटना घट्यो । यो ट्रान्सफरमबाट २५० घरमा लाइन वितरण भएको छ । ५० घरमा चेक गर्दा सबैका मीटरमा आगलागी भएको छ । अन्य घरमा पनि त्यस्तैछ । हामी अनुसन्धानमा छौं ।’

विद्युत् प्राधिकरणले बनाएर गए लगत्तै यस्तो घटना घट्यो
समस्या आउनासाथ एकसाता अगाडि नै विद्युत् प्राधिकरणमा खबर गरिएको थियो । प्राधिकरणबाट कर्मचारी आएर बनाएर गएपनि आज बिहान यस्तो समस्या आएको आचार्यले जानकारी दिए ।

‘ट्रान्सफरमा समस्या आयो भने एमसी अफ गरिन्छ । तर यसमा एमसी नभएका कारण यस्तो समस्या आयो ।’ आर्चायले भने ।

समस्या आउनासाथ विद्युत्का कर्मचारीलाई सम्पर्क गर्दा फोन नउठाएको पनि आचार्यले गुनासो गरे । ‘हाम्रो गाउँपालिका वडा नं ४ मा एउटा शब स्टेशन छ । त्यहाँ कार्यरत कर्मचारीलाई समस्या आउँदा फोन गरेको तर उहाँले उठाइदिनु भएन । बाख्रा फारममा घटना हुनासाथ उहाँलाई सम्पर्क गरियो तर उहाँले फोन उठाउनु भएन । अनि मानविय क्षति भोग्नुपर्यो ।

जिल्ला प्रहरी कार्यालय पर्वतका इन्सपेक्टर प्रकाश रावतले आफुहरु घटनास्थल पुगेर मात्र सम्पूर्ण विवरण थाहा हुने जानकारी दिएका छन् भने सोहि वडा नं ७ का अध्यक्ष टुंगनाथ आचार्यले पनि आफु घटनास्थल पुग्दै गरेको बताएका छन् ।

वि.सं.२०७९ साउन २३ सोमवार १२:५० मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...