काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा हिमालयन हाइड्रोपावर कम्पनीको शेयर कारोबार सुरु भएको छ । आज सोमबार स्पेसल पी ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको शेयर कारोबार भएको हो ।
कम्पनीको पहिलो कारोबार प्रति कित्ता २२८ रुपैयाँमा भएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ७६.३३ रुपैयाँदेखि २२८.९९ रुपैयाँसम्मको रेन्ज तोकेको थियो । यस रेन्जको बीचमा रहेको जुनसुकै मूल्यबाट पहिलो कारोबार हुन सक्ने व्यबस्था रहेकोमा अधिकतम मूल्यबाट नै कारोबार खुलेको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ ।
शुक्रबार कम्पनीको १ करोड ९ लाख ५० हजार कितात शेयर सुचिकृत भएको थियो । कम्पनीको एचएचएल सिम्बलबाट कारोबार भएको हो ।
कम्पनीले असार १५ देखि असार १९ गतेसम्म सर्वसाधारणका लागि लआईपिओ निष्काशन गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि १९ लाख ६८ हजार २ सय ५० कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ९८ हजार ४ सय १३ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो भने ३९ हजार ३ सय ६५ कित्ता शेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको थियो ।
बाँकि रहेको १८ लाख ३० हजार ४ सय ७२ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् । कम्पनीले स्थानीयका लागि शेयर निष्काशन गर्दा बिक्रि नभएको ६ लाख १८ हजार २ सय ५० कित्ता शेयर पनि सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।
कम्पनीले कास्कीमा ११.८८ मेगावाटको नामर्जुन मादी आयोजना निर्माण सम्पन्न गरी विजुली उत्पादन गरिरहेको छ ।
वि.सं.२०७९ साउन २३ सोमवार ११:५७ मा प्रकाशित



























