back
CTIZAN AD

सकसमा भागवण्डा : ६०/४० मा होला त चुनावी तालमेल ?

वि.सं.२०७९ साउन २३ सोमवार

903 

shares

काठमाडौं । साउन २० मा बसेको सत्ता गठबन्धनको बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एकमुष्ट तालमेल गर्ने निर्णय गरेको थियो । बैठकले तालमेलको आधार तयार गर्न ११ सदस्यीय कार्यदल बनाउने पनि निर्णय गरेको थियो । कार्यदलको बैठक आजका लागि बोलाइएको छ ।

तर, कार्यदलको बैठकले तालमेलको आधार बनाउने भनिएपनि दलहरुको अडानले तालमेल कठिन हुने देखिएको छ । गठबन्धनको मुख्य दल नेपाली कांग्रेसले १६५ सीटमध्ये ९९ सिट अर्थात् ६० प्रतिशत सीट नछाड्ने निर्णय आन्तरिक रुपमा गरिसकेको छ ।

कार्यदलको बैठक अघि बसेको कांग्रेसको पूर्वपदाधिकारी तथा पदाधिकारीको बैठकमा नेताहरुले कांग्रेस एक्लैले १०६ सीट जित्ने अवस्था भएकाले न्यूनतम ६०/४० भन्दा तल जान नसकिने धारणा राखेका थिए । नेताहरुले कांग्रेसले एक्लैले बहुमत ल्याउने अवस्था भएको पनि बताएका थिए ।

नेताहरुले स्थानीय तहको नतिजाअनुसार खाका बनाउनुपर्ने अडान लिएका छन् । जसअनुसार १६५ सीटमा न्यूनतम ९९ सीट लिनुपर्ने नेताहरुको अडान छ ।

कांग्रेसको अडानले समस्या

स्थानीय तहको निर्वाचन परिणामअनुसार एक्लै लडे पनि आफुले १०० सीटभन्दा बढी जित्ने कांग्रेसको दाबी छ । कांग्रेसले १ सय ६५ सिटमध्ये न्यूनतम ६० प्रतिशत आफुले लिने प्रस्ताव कार्यदलको बैठकमा राख्ने तयारी गरेको छ ।

कांग्रेस प्रत्यक्ष र समानुपातिक गरी एक्लै बहुमत ल्याउने दाउमा देखिन्छ । कांग्रेसले ७० सिटसम्म अन्य दललाई दिनसक्ने बताएको छ ।

तर, माओवादी केन्द्र एक्लैले ५० सिट पाउनुपर्ने प्रस्ताव गरेको छ । यसअघिको प्रतिनिधिसभा र अहिलेको स्थानीय तहको निर्वाचन परिणामअनुसार कम्तिमा ५० सिट आफुले पाउनुपर्ने माओवादीको दाबी छ ।

जहाँँ एकीकृत समाजवादी र जसपाले पनि यसअघिको निर्वाचन परिणाम र स्थानीय तहको निर्वाचन परिणामअनुसार क्रमशः ४०/३० को अडान राख्ने तयारी गरेका छन् । एकीकृत समाजवादीले यसअघि एमालेले जितेका कतिपय सिट आफुले जित्ने दाबी गरिरहेको छ ।

कसरी हुनसक्छ बाँडफाँट ?

अहिले देखिएको दलहरुको अडानले तालमेल सहज देखिन्न । तर, दलहरुबीच स्थानीय तहमा भएको तालमेलको आधारअनुसार प्रतिनिधि सभा र प्रदेश सभामा पनि चुनावी तालमेल गर्न सक्ने देखिन्छ ।

माओवादी केन्द्रका नेता हरिबोल गजुरेलका अनुसार स्थानीय तहमा जस्तै पहिले जितेका क्षेत्रमा तत् पार्टीले लिने र एमालेले जितेका क्षेत्रमा केही आधारसहित बाँडफाँट गर्न सक्ने अवस्था हुन्छ । “आ–आफ्ना अडान राखेर त तालमेल हुँदैन, स्थानीय तहको निर्वाचनको परिणामअनुसार पनि तालमेल हुन सक्दैन”, गजुरेलले भनेका छन्, “स्थानीय तहमा जस्तै पहिले जितेका क्षेत्रमा तत् पार्टीले लिने र एमालेले जितेका क्षेत्रमा केही आधारसहित सीट बाँडफाँट हुनसक्छ ।”

गजुरेलका अनुसार स्थानीय तहअनुसार प्रदेश तथा प्रतिनिधि सभाको चुनाव शैली फरक हुन्छ । जसलाई आधार बनाउनुपर्ने उनको भनाई छ ।

२०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ एमालेले १६५ मध्ये ८०, माओवादी केन्द्रले ३६, कांग्रेसले २३, राष्ट्रिय जनता पार्टीले ११, संघीय समाजवादी फोरमले १० र अन्यले ५ सिट जितेका थिए ।

सम्बन्धित समाचार

१६५ सिटमै तालमेलको तयारीमा सत्ता गठबन्धन : कसले कति पाउने ?

वि.सं.२०७९ साउन २३ सोमवार १५:४८ मा प्रकाशित

प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाह...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा बाढीपीडितलाई ६५ लाख सहयोग

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा बाढीपीडितलाई ६५ लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूलाई...

बेत्रावती बगरमा देखिए शव, फिनेल र बलिया प्लास्टिक ब्याग उपलब्ध गराउन अपिल

बेत्रावती बगरमा देखिए शव, फिनेल र बलिया प्लास्टिक ब्याग उपलब्ध गराउन अपिल

नुवाकोट । बेत्रावती बगर क्षेत्रमा बाढीपछि धेरै शव देखिन थालेको...

कृष्णभीरको वैकल्पिक सडक खोजिँदै

कृष्णभीरको वैकल्पिक सडक खोजिँदै

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आइतबार बिहानबाट सडक भासिन थालेपछि...

भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग

भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग

सुदूरपश्चिम । कैलालीको धनगढी उपमहानगरपालिकाले भोटेकोशी बाढीपीडितको सहयोगका लागि रु...