back
CTIZAN AD

नर्वेमा आयोजित क्रिकेट रनिङ शिल्ड प्रतियोगिताको उपाधि आयोजक ओएनएफ

वि.सं.२०७९ साउन २३ सोमवार

1.3K 

shares

प्रेम, परियार नर्वे । प्रवासी नेपाली एकता मन्च नर्वेले आयोजना गरेको मैंत्रीपूर्ण टि –१० तेश्रो क्रिकेट प्रतियोगिता सफलताका साथ सम्पन्न भएको छ ।

आफनो वार्षिक कार्यतालिका र समर सीजनको सदुपयोग गर्दै मन्चद्धारा ओस्लोस्थित सोङ्ग्स्भान खेल मैदानमा अगस्ट ६ र ७ मा सम्पन्न उक्त प्रतियोगितामा आयोजक ओएनएफ नर्वे र नेपाली जनसम्पर्क समिति (जेएसएस) दुवै टिम फाइनलमा पुगी प्रतिस्पर्धा गरेका थिए ।

सो फाइनल खेलमा प्रवासी एकता मंच नर्वेले ३५ रनले जेएसएस नर्वेलाई हराउदै उपाधि हातपार्न सफल भएको हो ।
नर्वेमा स्थापित नेपाली समाजको संघसंस्थाबाट ८ टिम सहभागी रहेको उक्त प्रतियोगितामा जेएसएस नर्वे उपबिजेता बनेको छ ।

प्रतियोगितामा ओएनएफ नर्वेको टीमबाट सहभागी ब्याटिङमा ४८ रन र बलिङमा ४ विकेट लिएर उत्कृष्ट खेल प्रदर्शन गरेका मिलन मल्ल ‘म्यान अफ द सेरिज’ घोषित भएका छन् ।

१० ओभरको फाइनलमा ओएनएफ नर्वे टीमले ५ विकेटको क्षतिमा दिएको ८९ रनको लक्ष्य पछ्याउने क्रममा नेजस नर्वेले १० ओभरमा सम्पूर्ण विकेट गुमाई केवल ५४ रन बनाऊन सफल हुँदा ओएनएफ नर्वे ३५ रनले बिजयी भएको हो ।
ओएनएफ नर्वेको तर्फबाट ‘म्यान अफ द फाइनल’ राजु धितालले ३९ रन बनाएका थिए भने उपविजेता टीम जेएसएस नर्वेको तर्फबाट बिनित ढुगानाले १५ रन बनाए ।

बेस्ट बलरमा संदेश श्रेष्ठ, बेष्ट ब्याट्सम्यानमा राजु धिताल र निष्पक्ष खेल अर्वाड योनग डाडस क्लवले हात पार्न सफल भएका छन् ।

No description available.

यूरोप भ्रमणको क्रममा नर्वे आइपुगेका नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रतियोगिता प्रमुख अतिथि बलराम अधिकारी, अर्का अतिथि बद्री प्रसाद लम्साल, गैरआवासीय नेपाली संघ नर्वेका उपाध्यक्ष राजन अधिकारी, यूरोप युवा संयोजक किरण गुरुंङ, नर्वेमा क्रियाशील विभिन्न नेपाली संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको संयुक्त उपस्थितिमा नगद, ट्रफी र प्रमाण पत्र वितरण गरिएको थियो ।

No description available.

मन्तव्यको क्रममा प्रमुख अतिथि बलराम अधिकारीले नेपालको जुजन जिल्ला वा क्षेत्रबाट नर्वे आए पनि सबै नेपाली हौं भन्ने एकताको सन्देश सबैले दिनुपर्ने बताए । उनले नर्वेमा आयोजित नेपाली संघसंस्थाको कार्यक्रममा आफुहरुको ऐक्यबद्धता रहनुले आत्मीय सद्भाव र भाईचाराको सम्बन्ध प्रगाढ़ हुदै एकताको बलियो स्तम्भ बन्ने बताए ।

मन्तव्यकै क्रममा संयोजक प्रकाश पौडेल र ओएनएफ नर्वेका अध्यक्ष मनोज अधिकारीले विभिन्न माध्यमबाट सहयोग गर्नु सबै संघसंस्थाका प्रतिनिधिहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।

अन्त्यमा संयोजक पौडेलले आगामी दिनहरुमा पनि एक आपसमा हातेमालो गर्दै अगाड़ी बढ़न सबैमा आग्रह गरेका थिए । प्रतियोगीतामा झंडै २५० जनाको उपस्थिति रहेको थियो भने नेपाली परिकारको खानाको व्यवस्था समेत गरिएको थियो ।

वि.सं.२०७९ साउन २३ सोमवार १५:३५ मा प्रकाशित

धौलागिरी गाउँपालिका समाज अमेरिकाको अध्यक्षमा नवराज फगामी

धौलागिरी गाउँपालिका समाज अमेरिकाको अध्यक्षमा नवराज फगामी

अमेरिकामा रहेका धौलागिरी गाउँपालिकावासी नेपालीहरूलाई संगठित गर्दै धौलागिरी गाउँपालिका समाज...

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

ओस्लो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् नर्वेको...

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट...

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता सोम सापकोटाले...

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । सिटी एक्सप्रेसमार्फत विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा...