back
CTIZAN AD

काठमाडौंको मुटु मानिने यी ठाउँमा सरकारी मूल्यांकन अनुसार कति छ त जग्गाको भाउ ?

वि.सं.२०७९ साउन २३ सोमवार

816 

shares

काठमाडौं । चक्रपथभित्र खाली जग्गा पाउन मुस्किल छ । बढ्दो सहरीकरणका कारण खाली जग्गासमेत क्रमशः भरिँदै गएको छ । मुख्य सहरको रुपमा चित्रित नयाँ सडक, दरबारमार्ग, बानेश्वरलगायतका स्थानमा जग्गा भेटिनै मुस्किल छ ।

उता मालपोत कार्यालयहरुले भने ती स्थानको पनि जग्गाको न्यूनतम मूल्याङ्कन गर्ने गरेका छन् । भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले चालु आवका लागि मुख्य सहरी क्षेत्र भित्रका जग्गाको न्यूनतम मूल्याङ्कनको विवरण सार्वजनिक गरेको छ । डिल्लीबजार मालपोत कार्यालयकै क्षेत्रभित्र पर्ने दरबारमार्ग, नयाँ सडक बानेश्वरलगायतका क्षेत्रको जग्गाको सरकारी मूल्याङ्कन के कति होला भन्ने आम मानिसमा चासो रहन सक्छ । त्यसमाथि काठमाडौँ उपत्यकाभित्रको सबैभन्दा महँगो मानिएको क्षेत्र कहाँ होला भन्ने जिज्ञासा पनि स्वभाविक रुपमा नै रहन सक्छ ।

काठमाडौँ उपत्यकाभित्र नौ वटा मालपोत कार्यालय छन् । तीमध्ये छ वटा मालपोत कार्यालय त काठमाडौँ जिल्लामा नै छन् । तीमध्ये सहरी क्षेत्र भित्र कार्यक्षेत्र रहेको मालपोतमा डिल्लीबजार मालपोत कायालय पर्छ । नयाँ आर्थिक वर्ष सुरु हुने वित्तिकै हरेक मालपोत कार्यालयले आआफ्नो कार्यक्षेत्रभित्रका जग्गाको न्यूनतम मूल्याङ्कनसम्बन्धी विवरण सार्वजनिक गर्छन् ।

मालपोत ऐन, २०३४ अनुसार डिल्लीबजारको कार्यक्षेत्रमा रजिष्टे«शन हुने लिखतमा थैली अङ्क कायम गर्ने प्रयोजनका लागि जग्गाको न्यूनतम मूल्याङ्कन समितिले न्यूनतम मूल्याङ्कन गरेको हो । सरकारी निकायबाट भएको मूल्याङ्कनभन्दा बजारमा कारोबार भने दशौँ गुणा बढीमा हुने गरेको छ ।

सहरी क्षेत्रभित्र सबैभन्दा महँगो जग्गा भने नयाँ सडक, ठमेल, दरबारमार्ग, रत्नपार्क, पुरानो बसपार्क, जमललगायतका क्षेत्रको जग्गा रहेको छ । मालपोत कार्यालयले तय गरेको मूल्याङ्कनअनुसार हनुमानढोका पूर्व नयाँ सडक, पुरानो नगरपालिका भवनको दक्षिणचोकबाट जुद्धशम्सेर सालिक हुँदै इन्द्रचोकसम्म नयाँ सडक पिपलबोटदेखि दक्षिण आरबी कम्प्लेक्स चोक हुँदै पीश्चम पुरानो नगरपालिका भवन चोकसम्म, नयाँ सडक खिचापोखरी, धरहरासम्मको मूल सडकमा जोडिएका जग्गाको प्रतिआना मूल्याङ्कन मात्रै रु ६६ लाख बराबर तोकिएको छ ।

यस्तै केशरमहल प्रवेशद्धारदेखि पश्चिम ठमेल मूलचोक हुँदै क्षेत्रपाटी चोकसम्मको मूलबाटोमा जोडिएका जग्गा, हनुमानढोका जिल्ला प्रहरी कार्यालय पूर्व सुरज आर्केड, इन्द्रचोक, असन हुँदै भोटाहिटी चोकसम्म, असन चोकदेखि जमल, राष्ट्रिय नाचघरसम्म र सोदेखि पूर्वविश्वज्योति हल हुँदै तीनधारा पाठशालासम्म मूलबाटो जोडिएका महेन्द्र सालिकदेखि काठमाडौँ प्लाजासम्म मूल सडकको दायाँबायाँ क्षेत्रका जग्गाको सरकारी मूल्यांकन पनि प्रतिआना रु ६६ लाख बराबर नै तोकिएको छ ।

माइतीघर–सिंहदरबार पीश्चम गेट–पुतलीसडक कृष्ण पाउरोटी हात्तिसार, जयनेपाल कान्तिपथ, जमल दरबारमार्ग र घण्टाभरदेखि कमलादीमोड सम्मका मूलसडकसँग जोडिएका जग्गाको दायाँबायाँको पनि प्रतिआना रु ६६ लाख रहने गरी प्रस्तावित गरिएको छ । जमल रानीपोखरी, वीर अस्पताल, नेपाल वायु सेवा निगम गोश्वारा हुलाक त्रिपुरेश्वरसम्मको मूल सडकसँग जोडिएका जग्गाको दायाँबायाँको पनि प्रतिआना रु ६६ लाख नै न्यूनतम मूल्याङ्कन तोकिएको छ ।

रत्नपार्क पुरानो बसपार्क सहिदगेट हुँदै सुनधारा चोकसम्म, सिंहदरबार पीश्चमगेट हुँदै भद्रकालीसम्मका मूलबाटोमा जोडिएका जग्गाको दायाँबायाँ पनि प्रतिआना रु ६६ लाख नै न्यूनतम मूल्याङ्कन हुने गरी निर्धारण गरिएको छ । चःमती जग्गा एकीकरण आयोजनाको मूल सडकसँग जोडिएका जग्गाको नयूनतम मूल्याङ्कन प्रतिआना रु २८ लाख ६० हजार, नयाँ बजार नगरविकास आयोजनाका जग्गाको प्रतिआना रु २६ लाख ४० हजार बराबर तोकिएको छ ।रासस

 

वि.सं.२०७९ साउन २३ सोमवार १७:१६ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...