back

दाेहाेराे अंकले घट्याे नेप्से, अधिकांश उपसमूह राताम्मे

वि.सं.२०७९ साउन २३ सोमवार

249 

shares
NTC AD
Global IME AD

काठमाडाैं । साताको दोस्रो कारोबार दिन सोमबार शेयरबजार परिसूचक नेप्से राताम्मे देखिएको छ । सोमबार १७.६८ अंकले घटेको बजार २१०६.१५ बिन्दुमा ओर्लिएर बन्द भएको छ । यस दिन बजार घटेसँगै सेन्सेटिभ इन्डेक्स पनि ३.४४ अंकले घटेर ४०६.११ बिन्दुमा अडिएको छ ।

यस दिन समग्र बजार घट्दा १३ वटा उपसमूहका सूचकमध्ये मेनुफ्याक्चर एण्ड प्रोडक्सन र म्युचुअल फण्ड उपसमूहका सूचक मात्रै बढेका छन् । उक्त उपसमूहको सूचक क्रमशः ०.१ प्रतिशत र ०.२७ प्रतिशतले बढेको हो ।

आज कारोबारमा आएका २१४ वटा कम्पनीमध्ये ५० वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १२३ वटा कम्पनीको शेयरमूल्य घाटेको छ । यस्तै, २ अर्ब ८५ करोड ७० लाख ७२ हजार रुपैयाँबराबरको ६५ लाख २७ हजार कित्ता शेयर कारोबार भएको छ । यस दिन कुल कारोबार भने ४४ हजार ५ सय ५३ पटक भएको छ ।

सोमबार नेप्से राताम्मे देखिए पनि गुराँस लघुवित्त वित्तीय संस्था र हिमालयन हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य कमशः १०० रुपैयाँ र २२ रुपैयाँले बढेर प्रतिकित्ता ११०० रुपैयाँ र २५० रुपैयाँ कायम भएको छ ।

यस्तै, जानकी फाइनान्स कम्पनीको शेयर मूल्य ४ प्रतिशतभन्दा बढीले घटेर प्रतिकित्ता ४४४ रुपैयाँ कायम भयो । यस दिन सर्वाधिक शेयर कारोबार भने शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको २० करोड ७१ लाख ६८ हजार रुपैयाँबराबरको २ लाख ६७ हजार कित्ता शेयर कारोबार हुँदा शेयरमूल्य प्रतिकित्ता ७६४ रुपैयाँ कायम भएको छ ।

वि.सं.२०७९ साउन २३ सोमवार १६:५५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
आईपिओ निष्काशन गर्दै दुई कम्पनी

आईपिओ निष्काशन गर्दै दुई कम्पनी

काठमाडौं । दुई कम्पनीले आईपिओ निष्काशन गर्ने भएको छ ।...

सामान्य अङ्कले घट्यो नेप्से परिसूचक

सामान्य अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट...

साताको पहिलो दिन नै दाहोरो अङ्कले घट्यो नेप्से, तीन अर्ब बढीको कारोबार

साताको पहिलो दिन नै दाहोरो अङ्कले घट्यो नेप्से, तीन अर्ब बढीको कारोबार

काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७ दशमलव...

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

आइपिओ बेच्नका लागि खाता खोल्नेको घुइँचो

आइपिओ बेच्नका लागि खाता खोल्नेको घुइँचो

नेपालगञ्ज । केही महिनादेखि ओरालो लागेको शेयर बजारमा प्राथमिक शेयर...

दोहोरो अङ्कले घट्यो नेप्से

दोहोरो अङ्कले घट्यो नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...