back
CTIZAN AD

दाेहाेराे अंकले घट्याे नेप्से, अधिकांश उपसमूह राताम्मे

वि.सं.२०७९ साउन २३ सोमवार

855 

shares

काठमाडाैं । साताको दोस्रो कारोबार दिन सोमबार शेयरबजार परिसूचक नेप्से राताम्मे देखिएको छ । सोमबार १७.६८ अंकले घटेको बजार २१०६.१५ बिन्दुमा ओर्लिएर बन्द भएको छ । यस दिन बजार घटेसँगै सेन्सेटिभ इन्डेक्स पनि ३.४४ अंकले घटेर ४०६.११ बिन्दुमा अडिएको छ ।

यस दिन समग्र बजार घट्दा १३ वटा उपसमूहका सूचकमध्ये मेनुफ्याक्चर एण्ड प्रोडक्सन र म्युचुअल फण्ड उपसमूहका सूचक मात्रै बढेका छन् । उक्त उपसमूहको सूचक क्रमशः ०.१ प्रतिशत र ०.२७ प्रतिशतले बढेको हो ।

आज कारोबारमा आएका २१४ वटा कम्पनीमध्ये ५० वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १२३ वटा कम्पनीको शेयरमूल्य घाटेको छ । यस्तै, २ अर्ब ८५ करोड ७० लाख ७२ हजार रुपैयाँबराबरको ६५ लाख २७ हजार कित्ता शेयर कारोबार भएको छ । यस दिन कुल कारोबार भने ४४ हजार ५ सय ५३ पटक भएको छ ।

सोमबार नेप्से राताम्मे देखिए पनि गुराँस लघुवित्त वित्तीय संस्था र हिमालयन हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य कमशः १०० रुपैयाँ र २२ रुपैयाँले बढेर प्रतिकित्ता ११०० रुपैयाँ र २५० रुपैयाँ कायम भएको छ ।

यस्तै, जानकी फाइनान्स कम्पनीको शेयर मूल्य ४ प्रतिशतभन्दा बढीले घटेर प्रतिकित्ता ४४४ रुपैयाँ कायम भयो । यस दिन सर्वाधिक शेयर कारोबार भने शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको २० करोड ७१ लाख ६८ हजार रुपैयाँबराबरको २ लाख ६७ हजार कित्ता शेयर कारोबार हुँदा शेयरमूल्य प्रतिकित्ता ७६४ रुपैयाँ कायम भएको छ ।

वि.सं.२०७९ साउन २३ सोमवार १६:५५ मा प्रकाशित

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा...

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ...

नेप्से परिसूचक ४८ अंकले बढ्यो

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१...