back
CTIZAN AD

चुनावी लेखाजोखा : सत्ता गठबन्धन मिले झापामा ओलीलाई चुनाव जित्न मुस्किल

वि.सं.२०७९ साउन २३ सोमवार

1K 

shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली यसअघि झैं झापा निर्वाचन क्षेत्र नं. ५ बाटै चुनाव लड्ने तयारीमा छन् । चुनावी माहोल बनाउनकै निम्ति ओलीको झापा दौडाहा बाक्लिएको छ ।

२०७४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नं. ५ बाट विजयी ओलीले प्रतिद्वन्द्वीले भन्दा २८ हजार ८४२ बढी ल्याएका थिए । तत्कालिन समय ५७ हजार १३९ मत ल्याएर ओली विजयी हुँदा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २९७ मत ल्याएका थिए ।

तर, यसपटकको चुनाव ओलीका निम्ति सहज देखिँदैन । स्थानीय तहको निर्वाचनमा ओलीको क्षेत्र नं. ५ अन्तर्गतका चार स्थानीय तहमध्ये एक स्थानीय तहको नेतृत्वमा मात्रै एमाले विजयी भएको थियो । गठबन्धन बन्दा एमाले ओलीकै गृहपालिका दमक नगरपालिकामा पनि हारेको थियो ।

गठबन्धन बने मुस्किल

पाँच दलीय सत्ता गठबन्धन प्रतिनिधि सभा र प्रदेशसभामा एकमुष्ट गठबन्धन बनाएर चुनाव लड्ने तयारीमा छन् । झापामा पनि दलहरुले गठबन्धन बनाएरै चुनाव लड्ने तयारी गरेका छन् ।

स्थानीय तहको निर्वाचनमा झापाको निर्वाचन क्षेत्र नं. ५ अन्तर्गतका चार मध्ये एक पालिकामा मात्रै एमालेले नेतृत्व जितेको थियो । क्षेत्र नं. ५ अन्तर्गतका कमल गाउँपालिका, गौरीगञ्ज गाउँपालिका र दमक नगरपालिकामा एमालेले हार व्यहोरेको थियो । एमालेले चारमध्ये गौरादह नगरपालिकाको नेतृत्व मात्रै जितेको थियो ।

०७४ को निर्वाचनमा एमाले र माओवादी केन्द्र वाम गठबन्धन बनाएर चुनावी मैदानमा गएका थिए । तत्कालिन समय ओलीले ल्याएको मत एमाले एक्लैको नभई वाम गठबन्धनको समेत मत थियो । तर, अहिले पाँच दलीय गठबन्धन एकातिर र विभाजित एमाले अर्कोतिर छ । जसको असर अध्यक्ष ओलीलाई चुनावी मैदानमा पर्ने निश्चित छ ।

एमालेबाट विभाजित बनेर गठन भएको एकीकृत समाजवादीको संगठन पनि झापामा राम्रै देखिन्छ । जसले स्थानीय तहको निर्वाचनमा केही वडाहरुको नेतृत्वसमेत जितेको थियो ।

वि.सं.२०७९ साउन २३ सोमवार १८:२५ मा प्रकाशित

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

चितवन । यहाँ रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक...