back
CTIZAN AD

एमालेद्धारा निर्वाचनका लागि दल दर्ता

वि.सं.२०७९ साउन २४ मंगलवार

903 

shares

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनमा सहभागी हुनका लागि नेकपा एमालेले दल दर्ताको निवदेन दिएको छ ।

मंगलबार निर्वाचन आयोगमा पुगेर पार्टीका उपाध्यक्ष युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्यद्वय डा.राजन भट्टराई र कृष्णगोपाल श्रेष्ठ, केन्द्रीय सदस्य तथा निर्वाचन विभागका उपप्रमुख निरज आचार्य लगायत नेताहरू सहितको टोली निर्वाचन आयोग गएको थियो ।

दल दर्ताको निवेदन दिएपश्चात पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७४ को दफा १९ बमोजिम आवस्यक कागजातसहित दलदर्ताको निवेदन दिएको जानकारी दिएका छन् ।

आयोगका प्रवक्ता शालीग्राम पौडेलका अनुसार एमालेको दल दर्ताको निवेदन १० औं नम्बरमा दर्ता गरिएको हो ।

यसअघि सीके राउत नेतृत्वको जनमत पार्टी, मौलिक जरोकिलो पार्टी, नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी, पुनर्जागरण पार्टी नेपाल, जनता प्रगतिशील पार्टी नेपाल, राष्ट्रिय विकास पार्टी, नेकपा माओवादी समाजवादी, राष्ट्रिय नागरिक पार्टीले मंसिर ४ गतेको निर्वाचनमा सहभागी हुनका लागि दलदर्ताको निवेदन दिइसकेको पनि प्रवक्ता पौडेलले जानकारी दिएका छन् ।

आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आयोगले आन्तरिक कार्यतालिका बनाएर काम सुरु गरिसकेको छ भने दलदर्ताको समय साउन ३० गतेसम्म रहेको छ ।

वि.सं.२०७९ साउन २४ मंगलवार १४:४९ मा प्रकाशित

पर्यटन ऐनमा ट्रेकिङ तथा साहसिक पर्यटन क्षेत्रलाई स्पष्ट रूपमा समेट्न माग

पर्यटन ऐनमा ट्रेकिङ तथा साहसिक पर्यटन क्षेत्रलाई स्पष्ट रूपमा समेट्न माग

काठमाडौँ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले प्रस्तावित...

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

काठमाडौँ . काठमाडौँ महानगरपालिकाले मेयर्स रिसर्च फेलोसिप २०८३ (Mayor’s Research...

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

भक्तपुर । नेपाल सरकारले प्रारम्भिक बालविकासका सहजकर्ता, विद्यालय सहायक कर्मचारी,...

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

काठमाडौं । नेपाल कफी व्यवसायी महासंघको आयोजनामा कफी व्यवसाय सञ्चालनका...

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...