back
CTIZAN AD

नेपालीले एक वर्षमा पिए पौने चार अर्बको विदेशी रक्सी

वि.सं.२०७९ साउन २६ बिहीवार

942 

shares

काठमाडाैं । नेपालमा एक वर्षको अवधिमा पौने चार अर्ब रुपैयाँको विभिन्न प्रकारका विदेशी मदिरा भित्रिएको पाइएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ को अवधिमा उक्त मुल्य बराबरको मदिरा नेपालले विभिन्न देशबाट आयात गरेको हो ।

२०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा ३ अर्ब ७१ करोड १५ लाख १६ हजार रुपैयाँको विदेशी मदिरा नेपाल भित्रिएको विभागले जनाएको छ । सो अवधिमा उक्त मुल्यमा ६७ लाख ७८ हजार ३७१ लीटर विभिन्न प्रकारका विदेशी मदिरा नेपाल भित्रिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा भन्दा वर्ष २०७८/७९ मा १ अर्ब ६ करोड ८ लाख ५ हजार रुपैयाँ बढीको विदेशी मदिरा नेपालले आयात गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब ६५ करोड ७ लाख ११ हजार रुपैयाँको ६१ लाख ५६ हजार ३३८ लीटर विदेशी मदिरा नेपाल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ ।

गत आर्थिक वर्ष २०७८/७९ मा २ अर्ब ३७ करोड ५६ लाख ७ हजार रुपैयाँको व्ह्स्किी, ३८ करोड १ लाख ९९ हजार रुपैयाँको वाइन, १ करोड २५ लाख ९० हजार रुपैयाँको जिन र १ करोड २८ लाख ८६ हजार रुपैयाँको भोड्का नेपालले आयात गरेको छ ।

बेल्जियम, चीन, जर्मनी, भारत, आयरल्याण्ड, सर्विया, सिंगापुर, अष्ट्रेलिया, चिली, इटाली, जापान, दक्षिण अफ्रिका, स्पेन, अमेरिका, अर्जेन्टिना, फ्रान्स, भियतनाम, आयरल्याण्ड, पोर्चुगल, न्युजल्याण्ड, साउदी अरेबिया, बेलायत, ब्राजिल, नेदरल्याण्ड्स, स्वीडेन, मेक्सिको, पोल्याण्ड लगायतका देशबाट नेपालमा विभिन्न प्रकारका मदिरा आउने गरेको छ ।

वि.सं.२०७९ साउन २६ बिहीवार १७:०१ मा प्रकाशित

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

काठमाडौं । नेपाल कफी व्यवसायी महासंघको आयोजनामा कफी व्यवसाय सञ्चालनका...

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग

प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग

सुदूरपश्चिम । नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ सुदूरपश्चिम...

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

काठमाडौं । भोलिदेखि काठमाडौको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स...