back

मुक्तक

वि.सं.२०७९ साउन २८ शनिवार

141 

shares
NTC AD
Global IME AD

लक्ष्मी स्मृति, बिराटनगर


एक्लै भौतारिंदै कति पो गाउँ, खर्क गर्नुहोला ।
कोहि देखिन्नन् को सँग कसरी तर्क गर्नुहोला ।
जान्नेसुन्ने कोहि भए हात जोड्छु बताईदिनुस्,
मेरो दिल हराएको छ कहाँ सम्पर्क गर्नुहोला ।


बानी परेको छ पैताला पत्थरले बिजाउँदैनन् ।
बरु आँखा मौन बस्छन् निधार भिजाउँदैनन् ।
मनले बुझेका छन् गरिवीको पीडा हुन्छ कस्तो,
भए पनि अरुकै जस्तै यहाँ रहर फिजाउँदैनन् ।


जान्दा जान्दै छ काँडा समाउनु पर्छ
आगोमा पनि यो दिल डमाउनु पर्छ
सम्मै सम्म जिन्दगी हुन्न रैछ कहिले,
फेदि होस् या त डाँडा रमाउनु पर्छ ।


चन्द्र मलिन जस्तो लाग्छ,तारा रोए जस्तो लाग्छ
आकासले पनि आँशुले मुहार धोए जस्तो लाग्छ
डर लाग्छ माहौल हेर्दा उत्पात हुने संकेत जस्तो
किन पृथ्वी मातालाई केहिले छोए जस्तो लाग्छ ।


मधु भर कि बिकार कोच तिम्रा कुरा हुन्
नबिझाउ या त सक्दो घोच तिम्रा कुरा हुन्
म त सँधै तिम्रै भलाईमा लगाउँछु आफुलाई
असल,खराव जे सुकै सोच तिम्रा कुरा हुन् ।

 

वि.सं.२०७९ साउन २८ शनिवार ०८:५३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
मुक्तक

मुक्तक

लक्ष्मी स्मृती, बिराटनगर १. सर्जरीहरूले तन्काएको गाला र बदन हुन्छ...

मुक्तक

मुक्तक

धन प्रसाद पुन ‘दीपशिखा’, बागलुङ १. झुपडीमा बिहान बेलुका पकाउने...

मुक्तक

मुक्तक

अरुण खडका, काठमाडौं १. बिहानैदेखि बालुवाको भारी बोकेर आमा निदाउँनै...