back
CTIZAN AD

लघुकथा : पर्दाफास

वि.सं.२०७९ साउन २८ शनिवार

735 

shares

म्यामराज राई, होम्ताङ्, भोजपुर

सिमेहाङ् साहित्यकार र भुमेहाङ् प्रमुख जिल्ला अधिकारी । दुवैजना एकार्कामा बालसखा साथी हुन् । उनीहरूको मित्रता अहिले पनि कायम छ । एकदिन चिया चुस्कीसककंगै गफैगफमा सिमेहाङ्ले भुमेहाङ्सित एउटा प्रस्ताव राखे, ‘गिनिज बुक दा अङ् नङ् छाप्मा फासाङ् । सिरिफा अक ढाङ्–ढाङ् हाचुनेइ ।’

द गिनिज बुक अफ द वल्ड रेकर्डमा नाम लेख्न सघाए,त्यसबापत आउने पुरस्कार आधाआधा बाँडौं भन्ने साथीको प्रस्ताव भुमेहाङ्ले अस्विकार गर्ने कुरै थिएन ।

‘दिन्छस् नि ?’ उनले पक्कापक्की गर्यो ।

फरक नपर्ने सङ्केत स्वरुप सिमेहाङ्ले टाउको हल्लाए । प्रमुख जिल्ला अधिकारीले दिएको विषयमा लघुकथा लेखेर रेकर्ड राख्न सिमेहाङ् तयार भए । छ घण्टामा दुईसय ओटाभन्दा बढी लघुकथा लेख्ने गरी जिल्लाले कार्यक्रमतालिका तय गर्यो । देशभर हल्ला चल्यो । जिल्लाले नै द गिनिज बुक अफ वल्ड रेकर्ड समितिका प्रतिनिधि झिकायो । सरकारको आदेशानुसार भुमेहाङ् कार्यक्रमको अघिल्लो दिन अन्तै सरुवा भए ।

सिमेहाङ्को अनुहारको रङ्ग उडिसकेको थियो । छ घण्टामा करिब बाह्र चोटी जति शौचालय गए । उनलाई अझै शौच आउला जस्तै छटपटीमा देखिन्थे ।

वि.सं.२०७९ साउन २८ शनिवार ०८:५५ मा प्रकाशित

आमाको जन्मदिनमा सुमन दाहालको भावुक उपहार

आमाको जन्मदिनमा सुमन दाहालको भावुक उपहार

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका युवा निर्देशक सुमन दाहालले...

‘बलमा माइचा हाकुमा दाइचा’ ले फेरि चर्चाको शिखरमा रिमा

‘बलमा माइचा हाकुमा दाइचा’ ले फेरि चर्चाको शिखरमा रिमा

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा तथा गीतकार रिमा...

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...