सरस्वती श्रेष्ठ सरू, पोखरा, कास्की
आमा
जब धर्तीमा
आफ्ना सुन्दर आँखा खोलेँ
सबैभन्दा पहिले
आमालाई देखेँ
र मलाई लाग्छ
आमा,
संसारकै सबभन्दा
सुन्दर फूल
आमा
उज्यालो घाम
आमा
संसारकै सबैभन्दा
सुरवीर
आमा
मेरो रगतको मुहान
मेरो मुटुको धड्कन
मेरो आँखा, मेरो दृष्टि
आमा
मेरो भोक मेटाउने भोजन
मेरो प्यास मेटाउने पानी
मेरो थकान मेटाउने चौतारी
आमा
मैले टेक्ने धर्ती
मैले चाल्ने पाइला
मैले उक्लिने खुड्किलो
आमा
मैले सबैभन्दा पहिले
उच्चारण गरेको शब्द
मैले सबैभन्दा पहिले
सिकेको बाह्रखरी
सबैभन्दा पहिले
लेख्न सिकेको वर्ण
आमा
मेरो सिरानी, मेरो नीद
मेरो चयन, मेरो श्वासप्रश्वास
आमा
मेरो जीवन
मेरो जिजीविषा
मेरो विश्वास
मेरो भरोसा ।
वि.सं.२०७९ साउन २८ शनिवार ०८:५६ मा प्रकाशित






























