back
CTIZAN AD

कविता :आमा

वि.सं.२०७९ साउन २८ शनिवार

945 

shares

सरस्वती श्रेष्ठ सरू, पोखरा, कास्की

आमा
जब धर्तीमा
आफ्ना सुन्दर आँखा खोलेँ
सबैभन्दा पहिले
आमालाई देखेँ
र मलाई लाग्छ
आमा,
संसारकै सबभन्दा
सुन्दर फूल

आमा
उज्यालो घाम

आमा
संसारकै सबैभन्दा
सुरवीर

आमा
मेरो रगतको मुहान
मेरो मुटुको धड्कन
मेरो आँखा, मेरो दृष्टि

आमा
मेरो भोक मेटाउने भोजन
मेरो प्यास मेटाउने पानी
मेरो थकान मेटाउने चौतारी

आमा
मैले टेक्ने धर्ती
मैले चाल्ने पाइला
मैले उक्लिने खुड्किलो

आमा
मैले सबैभन्दा पहिले
उच्चारण गरेको शब्द
मैले सबैभन्दा पहिले
सिकेको बाह्रखरी
सबैभन्दा पहिले
लेख्न सिकेको वर्ण

आमा
मेरो सिरानी, मेरो नीद
मेरो चयन, मेरो श्वासप्रश्वास

आमा
मेरो जीवन
मेरो जिजीविषा
मेरो विश्वास
मेरो भरोसा ।

 

वि.सं.२०७९ साउन २८ शनिवार ०८:५६ मा प्रकाशित

आमाको जन्मदिनमा सुमन दाहालको भावुक उपहार

आमाको जन्मदिनमा सुमन दाहालको भावुक उपहार

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका युवा निर्देशक सुमन दाहालले...

‘बलमा माइचा हाकुमा दाइचा’ ले फेरि चर्चाको शिखरमा रिमा

‘बलमा माइचा हाकुमा दाइचा’ ले फेरि चर्चाको शिखरमा रिमा

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा तथा गीतकार रिमा...

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...