back
CTIZAN AD

मिलन पाण्डेको मिश्रलाई प्रश्न–के जनताले हामीलाई दिएको मत राजा बोक्न भनेर थियो ?

वि.सं.२०७९ साउन २९ आइतवार

729 

shares

काठमाडौं । विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले पूर्वअध्यक्ष रविन्द्र मिश्रप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

पाण्डेले एक विज्ञप्ति नै जारी गरेर पार्टीको स्थापना राजतन्त्र ब्युँताउनकै लागि थियो त भन्ने प्रश्न समेत गरेका छन् ।

पाण्डेले पूर्वअध्यक्ष मिश्रले राजनीतिक बेइमानी गरेको आरोप लगाउँदै अध्यक्षबाट राजीनामा दिएर बसेका मिश्रले आफ्नै नेतृवमा पार्टी गठन गर्न थालेको भन्दै मिश्रप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

‘तर, आजै हामीले दिनुपर्ने एउटा प्रश्न अनुत्तरित छ । के हाम्रो पार्टीको स्थापना ‘राजतन्त्र’ ब्युँताउन भएको थियो ? पार्टी स्थापनाको एक दशकसम्मको सदस्यहरूको मिहेनत राजतन्त्रको पक्षपोषणका लागि थियो ?, पाण्डेले प्रश्न गरेका छन् ‘नागरिकले अघिल्लो निर्वाचनमा दिएको मत के राजा बोक्न भनेर थियो ? व्यवस्था र संविधान भत्काउन भनेर थियो ? पक्कै थिएन। त्यसैले वैकल्पिक राजनीति माथिको यो घातलाई अब हामीले पार्टी पुनर्गठन गरेर सच्याउँदै अघि बढ्नुको विकल्प रहेन ।’

यस्तो छ विज्ञप्ति
विवेकशील साझा पार्टीमा विचार भन्दा माथि देश दस्ताबेज आए लगत्तै उक्त दस्ताबेज संविधान विरोधी, वैकल्पिक राजनीतिको मर्म विरोधी, युवा तथा परिवर्तन विरोधी र समग्रमा राष्ट्र विरोधी संकथन हो भनेर हामीले भनेकै हो। पार्टी स्थापनाको मर्मविपरित ल्याइएको उक्त दस्ताबेजले आम नागरिकको वैकल्पिक राजनीतिप्रतिको आशामाथि बेइमानी थियो। यसको हिसाबकिताब इतिहासले राख्नेछ।

तर, आजै हामीले दिनुपर्ने एउटा प्रश्न अनुत्तरित छ। के हाम्रो पार्टीको स्थापना ‘राजतन्त्र’ ब्युँताउन भएको थियो ? पार्टी स्थापनाको एक दशकसम्मको सदस्यहरूको मिहेनत राजतन्त्रको पक्षपोषणका लागि थियो ? नागरिकले अघिल्लो निर्वाचनमा दिएको मत के राजा बोक्न भनेर थियो ? व्यवस्था र संविधान भत्काउन भनेर थियो ? पक्कै थिएन। त्यसैले वैकल्पिक राजनीति माथिको यो घातलाई अब हामीले पार्टी पुनर्गठन गरेर सच्याउँदै अघि बढ्नुको विकल्प रहेन।

मार्ग परिवर्तनः विचार भन्दा माथि देश २०७८ साल साउन ११ गते आउँदा नै हामीले राजतन्त्रको पक्षपोषण गर्नकै लागि थियो भन्ने सञ्चारमाध्यमबाट सबैलाई अवगत गराएकै थियौँ। यही बिचमा जालझेल र किर्ते गरी मार्ग परिवर्तन दस्ताबेजलाई बहुमतका नाममा पारित भयो भनियो। यस विषयमा हामीले सम्मानित सर्वोच्च अदालतमा आफ्नो तथ्यपूर्ण दलिल प्रस्तुत गरेकै छौँ जहाँ अदालतले समयमै न्याय दिने पूर्ण विश्वास छ। उक्त दस्ताबेजको पक्ष बलियो बनाउन अर्को पक्षले मङ्सिर १८ गते ५४ जना राजसंस्थावादी सदस्यहरू ( थोरै केहि बाहेक ) केन्द्रीय समितिमा थपियो। त्यसपछि आफ्नै समूहभित्रको भागबन्डा मिलाउन नसकेपछि आन्तरिक गुटको कलहको कारण रवीन्द्र मिश्रले राजीनामा दिए।

यही बीचमा हामीले केही कुरा स्पष्ट गर्नुपर्ने भएको छ।

१. हाल विवेकशील साझा पार्टीमा गणतन्त्रवादी ( मूलबाटो पक्षधर ) र राजसंस्थावादी ( विचारभन्दा माथि देश पक्षधर ) गरी दुई विचार समूह अस्तित्वमा छन्। हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान र यही व्यवस्था पक्षधर विचार समूह निरन्तर वैकल्पिक राजनीतिलाई वैचारिक रूपमा सुदृढ र स्पष्ट पार्दै पार्टी स्थापनाको मर्म अनुसार अघि बढिरहेकाछौँ। पार्टीको स्थापनाको मर्म विपरीत जाने र नागरिकलाई धोका दिने छुट कसैलाई छैन।

२. विगतको केही समय यता पार्टीको अर्को पक्षका साथीहरूसँग र त्यस भित्रका विभिन्न उपसमूहहरूसँग केहि संवाद भए। प्रत्येक संवादहरूमा हामीले पार्टी स्थापनाको मर्म अनुसार नै व्यवस्थालाई सुदृढ गर्दै नागरिकका आवाज बोल्ने पार्टीको रूपमा अगाडिबढाउन प्रस्ताव ग¥यौँ। तर अर्को पक्षले पार्टीमा विचारको स्पष्टता भन्दा पनि नेतृत्वको महत्त्वाकाङ्क्षा अगाडिसार्दा र पार्टीमा रहेको वैचारिक विचलनलाई सम्बोधन नगरीकनै अघि बढौँ भन्दै गर्दै हामीले त्यसलाई कुनै हालतमा स्विकार्न सकेनौँ। बामे सर्दै गरेको पार्टीमा आज नै व्यक्तिको व्यवस्थापनमा सम्झौता गरेर हामीले भनेको पार्टी बन्दैन। त्यसैले हामीले त्यो बाटो रोजेनौँ, विचारमा सम्झौता गरेनौँ।

३. हामी सम्पूर्ण साथीहरूलाई सोध्न चाहन्छौँ पार्टी बचाउने भनेको के हो? निर्वाचन आयोगमा दर्ता गर्नु र फेरि मार्ग परिवर्तनकै लाइनमा उभिएर झगडा गर्नु पार्टी बचाउनु हो ? वा, पार्टीलाई स्पष्ट विचार र एजेन्डासहित अगाडिबढाउनु चाही पार्टी बचाउनु हो ? पार्टी बचाउनु भनेको स्पष्ट विचार सहित, स्पष्ट दिशा सहित अघि बढ्नु हो। हाम्रा लागि नागरिकको अवस्था बदल्नु र नागरिकलाई बलियो बनाउनको लागि गरिने राजनीति नै पार्टी बचाउनु हो। त्यो अवस्थामा पार्टी नफर्कने हो भने, पार्टी बच्न सक्दैन।

४. तसर्थः विवेकशील साझा पार्टी जे प्रयोजन र उद्देश्यका लागि स्थापना भएको हो त्यसमा निरन्तर अगाडिबढ्छ। कमजोर जग र बाङ्गिएको खम्बाहरूमा बलियो र परिपक्व घर बन्न सक्दैन। अतः हालको अवस्थामा पार्टीलाई वैचारिक र साङ्गठनिक रूपमा पुनर्गठन गरी अघि बढ्नुपर्ने दायित्व हाम्रो हो। वृहत् छलफल र वैकल्पिक राजनीतिका घटकहरू र नयाँ राजनीतिको सम्भावना खोजिरहेका युवाहरूसँगको परामर्श र सहकार्य पछि पार्टी पुनर्गठनको ठोस खाका छिट्टै सार्वजनिक गर्नेछौँ। हामी छिट्टै राष्ट्रिय भेलाको मिति सार्वजनिक गर्नेछौँ र पार्टीलाई पुनर्गठन गर्नेछौँ।

मिलन पाण्डे
२०७९/०४/२९

 

वि.सं.२०७९ साउन २९ आइतवार १३:०३ मा प्रकाशित

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको...

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी...

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...