back
CTIZAN AD

बाबुराम र प्रचण्डबीच दोस्रोपटक वार्ता, गठबन्धनमा सहभागी गराउदै प्रचण्ड !

वि.सं.२०७९ साउन २९ आइतवार

801 

shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईबीच आज दोस्रोपटक वार्ता भएको छ ।

आइतबार बिहान प्रचण्डलाई भेट्न खुमलटार पुगेका बाबुराम र प्रचण्डबीच भएको छलफलमा बावुरामलाई पाँचदलीय गठबन्धनमा सहभागी गराउने प्रचण्डले प्रतिबद्धता गरेको बताइएको छ ।

स्रोतका अनुसार उक्त छलफलमा बाबुरामले आगामी संघ र प्रदेशसभाको निर्वाचनमा माओवादी केन्द्रकै चुनाव चिन्ह लिएर चुनाव लड्ने सहमति नजिक पुगेसँगै गठबन्धनमा सहभागी बनाउने प्रतिबद्धता प्रचण्डले गरेको बताइएको छ ।

गत बिहीबार पनि डा.भट्टराई र प्रचण्डबीच संघ र प्रदेशको निर्वाचनमा मोर्चा बनाएर जाने विषयमा छलफल भएको थियो । उक्त भेटमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र अन्य नेताहरुको पनि सहभागीता रहेकोमा आजको भेटमा भने प्रचण्ड र डा। भट्टराईबीच एक्लाएक्लै वार्ता भएको स्रोतले जनाएको छ ।

जनता समाजवादीबाट अलग भए नयाँ पार्टी खोलेका डा। भट्टराई आगामी चुनावका लागि बलियो बिकल्पको खोजीमा छन् ।

 

वि.सं.२०७९ साउन २९ आइतवार १३:२५ मा प्रकाशित

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको...

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी...

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...