back
CTIZAN AD

१० गुणा प्रतिफल दिने ‘सांग्रिला मुद्दती धमाका योजना’ सार्वजनिक

वि.सं.२०७९ भदौ १ बुधवार

780 

shares

काठमाडौ । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकलाई लक्षित गरी सांग्रिला मुद्दती धमाका योजना सार्वजनिक गरेको छ ।

बैंकका ग्राहकले यो योजना न्यूनतम मौज्दात १० हजारबाट सुरु गर्न सक्नेछन् । यस मुद्दती योजना अन्तर्गत बचत रकम अनुसार ४ गुणा, ५ गुणा र १० गुणासम्म प्रतिफल प्राप्त गर्न सकिनेछ ।

ग्राहकले यस योजना अन्तर्गत आफ्नो वचत रकमको १२ वर्ष २ महिना १४ दिनमा ४ गुणा रकम÷प्रतिफल प्राप्त गर्न सक्नेछन् भने सोही अनुसार १४ वर्ष २ महिना १ दिन र २० वर्ष ३ महिना १४ दिनमा क्रमशः ५ गुणा र १० गुणा रकम÷प्रतिफल प्राप्त गर्न सक्नेछन् ।

यस योजना अन्तर्गतका खातामा ग्राहकले कर्जाको सुविधा प्राप्त गर्न सक्ने समेत व्यवस्था गरिएको बैंकले जनाएको छ ।

बैंकको अनुसार ग्राहकले आफ्नो बचत रकममा कर्जा लिने र दिने दिनसम्म पूँजीकरण गरिएको व्याज रकम समेत जोडेर हुन आउने रकमको ८० प्रतिशतसम्म कर्जा सुविधा प्राप्त गर्न सक्ने छन् ।

यस योजनामा सहभागी हुन चाहने ग्राहकले देशभर रहेका बैंकका ११२ शाखा कार्यालयहरु मार्फत सुलभ तरिकाले खाता खोली रकम बचत गर्न तथा कर्जा सुविधा लिन सक्ने बैंकले जनाएको छ । यो योजना सिमित अवधिको लागि मात्र संचालन गरिएको बैंकले जनाएको छ । बैंकले मुलुकभर ११२ शाखा कार्यालयहरु, ३२ एटिएमको साथै बैंकिङ सुविधा प्रदान गर्दै आएको जनाएको छ ।

 

वि.सं.२०७९ भदौ १ बुधवार ०८:३१ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...