काठमाडौं । कान्साई पेन्ट्स जापानको सहायक कम्पनी केएनपी जापानले पर्वसँगै रंगमा दंग अफर ल्याएको छ ।
यो अफर ७५ हजारको पेन्टस खरिद गर्ने ग्राहकको हकमा लागु हुने कम्पनीले जनाएको छ । ग्राहकहरुले केएनपी नेरोल्याकबाट ३ वटा विशेष उपहारहरु पनि प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले हरेक ७५ हजारमाथिको पेन्ट्स खरिदका लागि केएनपी नेरोल्याक ब्रान्डेड ट्राभल ब्याग उपलब्ध गराउँदै आएको पनि छ ।
त्यसैगरी, कम्पनीले ५० जना ग्राहकहरुलाई स्मार्टवाच र एक जनालाई ५ लाखको बम्पर उपहार प्रदान गर्ने जनाएको छ ।
कम्पनीको अनुसार यी दुई उपहारको विजेता लक्की ड्र मार्फत तय गरिनेछ । केएनपी नेरोल्याकले केही वर्षदेखि यो चाडपर्व अभियान संचालन गर्दै आएको र हरेक वर्ष आफ्ना ग्राहकहरुलाई केही आकर्षक उपहार र ह्याम्परहरु प्रदान गर्दै आएको छ ।
वि.सं.२०७९ भदौ १ बुधवार ०८:३९ मा प्रकाशित






























