back
CTIZAN AD

माछापुच्छ्रे बैंकले ल्यायो एमबीएल एम-स्मार्टमा नयाँ सुविधा

वि.सं.२०७९ भदौ १ बुधवार

765 

shares

काठमाडौं । माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिमा आधारित एमबीएल एम-स्मार्टमा नयाँ सुविधा ल्याएको छ । बैंकले अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैंकिङ एप, एमबीएल एम-स्मार्टमा स्मार्ट लोन अगेन्सट फिक्स डिपोजिट सुविधाको सुरुवात गरेको हो ।

उक्त सुविधाअन्र्तगत ग्राहकले घरमै बसेर माछापुच्छ्रे बैंकमा रहेको आफ्नो मुद्दती निक्षेपबाट चाहेको समयमा लोन अगेन्सट फिक्स डिपोजिट सुविधा प्रयोग गरी मोवाईल बैंकिङ्ग सुविधामार्फत सजिलै कर्जा लिन सक्ने बैंकले जनाएको छ ।

बैंकले कर्जा लिनको लागि बैंकसम्म पुगि विभिन्न कागजात पेश गर्ने झन्झटबाट ग्राहकलाई मुक्तिदिने उद्देश्यले उक्त सुविधा संचालनमा ल्याएको जनाएको छ । बैंकका अनुसार ग्राहकहरुले अनलाईन तथा मोवाइल बैंकिङ्ग एपमार्फत खाता खोल्ने, आफ्नो बचत खातामा रहेको रकमलाई मुद्दती खातामा रुपान्तरण गर्ने र सोही मुद्दती खातामा प्राप्त गर्ने सुविधा लोन अगेन्सट एफडी सहज र सरल तरिकाबाट आफुले चाहेको समयमा लिन सक्नेछन् ।

यस एमबीएल एम-स्मार्ट एपमा आफैले पासवर्ड रिसेट गर्न मिल्ने, नयाँ ग्राहकले सेल्फ-रजिस्ट्रेसन गर्न सकिने, मोवाईल फोनबाटै खाता खोल्न, कर्जा लिन र आफ्नो क्रेडिट कार्डको स्टेटमेन्ट हेर्न सकिने सुविधा रहेको बैंकले जनाएको छ । साथै नेपाल क्युआर स्क्यान गरी क्युआर भुक्तानी गर्न मिल्ने, विभिन्न मोवाईल वालेटहरुमा खाता लिंक गर्न सकिने, बत्ति र पानीको बिल, रकम ट्रान्सफर, सरकारी कारोबारको भुक्तानीलगायतका सुविधाहरु रहेको बताइएको छ ।

बैंकले एमबीएल एम-स्मार्टलाई भर्चुअल शाखाको रुपमा स्थापित गर्दे ग्राहकहरुलाई प्रत्यक्ष रुपमा बैंकमा आउने झन्झट नरहोस् भन्ने लक्ष्यका साथ उक्त एपमार्फत नवीतम सुविधाहरु थप्दै ल्याईरहेको जनाएको छ ।

पोखरा र बेनीको तीर्थ स्थलमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा

वि.सं.२०७९ भदौ १ बुधवार १४:२५ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...