काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टी पदाधिकारी टुंग्याउने भएको छ । बुधबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले पदाधिकारीसहित सांगठनिक कमिटीलाई पूर्णंता दिने निर्णय गरेको हो ।
पपार्टी प्रवक्ता कृष्णबहादुर महराका अनुसार बिहीबार बस्ने बैठकले सांगठनिक कमिटीलाई पूर्णंता दिने निर्णय गर्नेछ । “सबैमा विस्तृत छलफल गर्यौँ, भोली बिहान टुंगोमा पुग्छौँ”, बैठक पछि महराले भने, “पदाधिकारी पनि भोली नै टुंग्याउछौँ ।”
गत पुसमा महाधिवेशन सकेको माओवादी केन्द्रले पदाधिकारीसहित सांगठनिक विषयलाई टुंग्याउन सकेको थिएन ।
माओवादीको विधानमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव, ३ सचिव र कोषाध्यक्ष गरी १५ जना पदाधिकारीको व्यवस्था छ । तर, माओवादीले अध्यक्षबाहेकका कुनै पनि पदमा निर्णय लिन सकेको छैन ।
वि.सं.२०७९ भदौ १ बुधवार १६:५६ मा प्रकाशित






























