back
CTIZAN AD

पि सिङको कला प्रदर्शनी ‘भ्रमण २०२२’ सम्पन्न

वि.सं.२०७९ भदौ १ बुधवार

1.3K 

shares

काठमाडौं । पि सिङको कला प्रदर्शनी ‘भ्रमण २०२२’ सम्पन्न भएको छ । काठमाडौंको तारागाउँ म्युजियममा १४ अगस्टबाट शुरु भएको सो प्रदर्शनी मंगलबार सम्पन्न भएको हो ।

प्रदर्शनीमा पि सिङका २५ वटा विभिन्न प्रकारका चित्रकलाहरु राखिएको थियो भने उनको छोरी रोश्ल्यान सिङको ५ वटा चित्रकला रहेका थिए । पि सिङको नेपालमा दोस्रो पटकको चित्रकला प्रदर्शनी हो ।

खानेकुरा, नेपाली पहिचान, प्रकृति, शहर र महिलाहरुको विभिन्न भूमिकाको प्रस्तुती झल्किने कलाकृतिहरु प्रदर्शनीमा समावेश गरिएको थियो । प्रदर्शनीमा राखिएका मध्ये ७ वटा कलाकृति बिक्री भएको आर्टिस्ट पी सिङले बताए ।

पेशाले सफ्टवेयर इन्जिनियर रहेका पि सिङ डेढ दशकभन्दा लामो समयदेखि बेलायतमा बस्दै आएका छन् । उनले पेशाको रुपमा नभएर आफ्नो सोंखको रुपमा चित्र बनाउने काम गर्दै आएका छन् । अहिलेसम्म ६० वटा कलाकृति बनाएको उनको भनाइ छ ।

सिङले अहिलेसम्म ४ वटा प्रदर्शनी गरिसकेका छन् । बेलायतमा ‘नेपाल यात्रा’ को नामबाट पहिलो प्रदर्शनी शुरु गरेका सिङको ‘भ्रमण २०२२’ चौथो प्रदर्शनी हो । आफ्नो कला प्रदर्शनीको मुख्य उद्देश्य नेपाललाई चिनाउनु रहेको उनको भनाइ छ ।

यसपटक नेपालमा गरेको प्रदर्शनीबाट आफु निकै उत्साहित भएको बताउँदै उनले आगामी दिनमा थप विस्तारित स्वरुपको पदर्शनी गर्न आफु इच्छुक रहेको बताए । सिङको कलाकृति पदर्शनी कार्यक्रम ‘भ्रमण २०२२’ को आयोजना सेन्टर नेप्लिज कल्चरले गरेको थियो । प्रदर्शनीमा ३ सय भन्दा धेरै व्यक्तिले अवलोकन गरेको संस्थाका अध्यक्ष निर्मलकुमार थापाले बताए । बिक्रीको उद्देश्य प्रदर्शनीमा मुख्य नरहेकाले तुलनात्मकरुपमा सफल भएको थापाको भनाई छ ।

वि.सं.२०७९ भदौ १ बुधवार १७:१४ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...