back
CTIZAN AD

सानिमा बैंकको विभिन्न सुविधासहितको फेमिली सुपर सेभिङ खाता संचालनमा

वि.सं.२०७९ भदौ १ बुधवार

765 

shares

काठमाडौं । सानिमा बैंकले १० लाखको दुर्घटना बीमा सुविधा भएको फेमिली सुपर सेभिङ खाता संचालनमा ल्याएको छ । बैंकले आफू लगायत सम्पूर्ण परिवार सदस्यहरुका लागि लक्षितगरी सानिमा फेमिली सुपर सेभिङ्ग खाता सञ्चालनमा ल्याएको हो ।

बैंकले ग्राहकले आफू लगायत तीन वा सोभन्दा बढी (सम्पूर्ण) परिवारका सदस्यहरुका लागि अस्पताल खर्च भुक्तानी नै गर्न नपर्ने गरी रु. १ लाख सम्मको औषधी उपचार बीमा सहितको सानिमा फेमिली सुपर सेभिङ्ग खाता ल्याएको जनाएको छ ।

बैंकका अनुसार यस खाता योजनामा वार्षिक ८.०३ प्रतिशत ब्याजदर, मासिक ब्याज भुक्तानी, प्रत्येक परिवारका सदस्यलाई रु. १० लाखको दुर्घटना बीमा, रु. ३ लाखको ६ घातक रोगहरुको बीमा, रु. २५ हजारको अवधिक जीवन बीमा र रु. ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण प्याकेज जस्ता थप सुविधाको व्यवस्था गरिएको छ ।

यसबाट ग्राहकहरुलाई औषधी उपचार खर्च गरी बीमा बापत् सोधभर्ना लिनु पर्ने झन्झटबाट छुट्कारा मिल्ने बैंकले उल्लेख गरेको छ । बैंकका अनुसार सानिमाका ग्राहकले आफ्नो बीमा पोलीसी नं उपलब्ध गराएर औषधी उपचार गराउन सक्दछन् । बैंकले यो सुविधा अस्पताल भर्ना हुँदा उपलब्ध हुने जनाएको छ ।

त्यसैगरी, भिसा नेटवर्कका एटीएमबाट नेपालमा निःशुल्क रकम झिक्न सकिने, लकर शुल्कमा ७५ प्रतिशत छुट, लगानी व्यवस्थापन सेवामा सेवामा ५० प्रतिशत छुट, निःशुल्क डेबिट तथा क्रेडिट कार्ड जारी, निःशुल्क अमेरिकी डलर कार्ड (फस्र्ट टपअप), निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ्ग सेवालगायतमा विशेष छुट  हुने बैंकले जनाएको छ ।

सानिमा बैंकले ल्यायो डिम्याट खाता निशुल्कदेखि क्यास ब्याकसम्मको अफर

वि.सं.२०७९ भदौ १ बुधवार १७:२४ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...