back
CTIZAN AD

वैदेशिक रोजगारको अँध्यारो पाटो : प्रत्येक वर्ष हजार बढीले गुमाउँछन् ज्यान

वि.सं.२०७९ भदौ १ बुधवार

759 

shares

काठमाडौं । बितेको १४ वर्षमा रोजगारको शिलशिलामा विदेश गएका करिब ११ हजार नेपालीले ज्यान गुमाएका छन् । वैदेशिक रोजगार वोर्डका अनुसार २०६५ देखि ०७८ को बीचमा वैदेशिक रोजगारीमा जानेहरुमध्ये १० हजार ९३२ जनाले ज्यान गुमाएका हुन् ।

बोर्डले जनाएअनुसार आर्थिक वर्ष २०७८/७९ को बीचमा सबैभन्दा बढीले ज्यान गुमाएका छन् । सो वर्ष वैदेशिक रोजगारीका सिलसिलामा १ हजार ४७९ जनाको मृत्यु भएको वोर्डले जनाएको छ ।

वोर्डका अनुसार वैदेशिक रोजगारीमा गएकामध्ये आर्थिक वर्ष २०६५/६६ मा ७८, २०६६/६७ मा ४२१, २०६७/६८ मा ५६४, २०६८/६९ मा ६४७, २०६९/७० मा ७७२, २०७०/७१ मा ८७७, २०७१/७२ मा १ हजार ६, २०७२/७३ मा ८२६, २०७३/७४ मा ७५८, २०७४/७५ मा ८२६, २०७५/७६ मा ७६३, २०७६/७७ मा ६७२ र २०७७/७८ मा १ हजार २४३ जनाको मृत्यु भएको छ ।

वोर्डका अनुसार पछिल्लो १४ वर्षमा वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न दुर्घटनाहरुमा परी अंगभंग हुनेको संख्या २ हजार १२५ रहेको छ ।

कोरोना काल सकिएसँगै ह्वात्तै बढे विदेशीने

नेपालबाट वैदेशिक रोजगारमा जानेको संख्या ह्वात्तै बढेको छ । पछिल्लो कोरोना कालसँगै रोजगारीमा जानेको संख्यामा ह्वात्तै बढोत्तरी आएको हो ।

वैदेशिक रोजगार वोर्डका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा ६ लाख ३० हजार ९७ जना रोजगारीको लागि विदेशीएका छन् । यो संख्या पुनः श्रम स्वीकृति लिने बाहेकको हो । आर्थिक वर्ष २०७७/७८ मा भने जम्मा ७२ हजार ८१ जना वैदेशिक रोजगारीमा गएका थिए ।

बोर्डका अनुसार कोरोना कालसँगै भने वैदेशिक रोजगारीमा जानेको संख्यामा निकै कमी आएको थियो । आर्थिक वर्ष २०७५/७६ मा २ लाख ३६ हजार २०८ जना विदेशीएका थिए भने आर्थिक वर्ष २०७६/७७ मा १ लाख ९० हजार ४५३ विदेशीएका थिए ।

रेमिट्यान्स पनि बढ्याे

वैदेशिक रोजगारमा जानेको संख्यामा बृद्धि भएसँगै रेमिट्यान्समा पनि बृद्धि भएको छ । वैदेशिक रोजगार विभागले जनाएअनुसार गत आर्थिक वर्ष २०७८/७९ मा ९ खर्ब ८६ अर्ब रुपैयाँ नेपाल भित्रिएको छ । जुन १४ वर्ष यताकै सबैभन्दा ठूलो रकम हो ।

बाेर्डले जनाएअनुसार बितेको १४ वर्षमा वैदेशिक रोजगारीमा गएकाहरुबाट नेपालमा ८४.६६ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

वोर्डका अनुसार आर्थिक वर्ष २०६५/६६ मा २ खर्ब ९ अर्ब रुपैयाँ, २०६६/६७ मा २ खर्ब ३१ अर्ब रुपैयाँ, २०६७/६८ मा २ खर्ब ५३ अर्ब रुपैयाँ, २०६८/६९ मा ३ खर्ब ५९ अर्ब रुपैयाँ, २०६९/७० मा ४ खर्ब ३४ अर्ब रुपैयाँ, २०७०/७१ मा ५ खर्ब ४३ अर्ब रुपैयाँ, २०७१/७२ मा ६ खर्ब १७ अर्ब रुपैयाँ, २०७२/७३ मा ६ खर्ब ६५ अर्ब रुपैयाँ, २०७३/७४ मा ६ खर्ब ९५ अर्ब रुपैयाँ, २०७४/७५ मा ७ खर्ब ५५ अर्ब रुपैयाँ, २०७५/७६ मा ८ खर्ब ७९अर्ब रुपैयाँ, २०७६/७७ मा ८ खर्ब ७५ अर्ब रुपैयाँ र २०७७/७८ मा ९ खर्ब ६१ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।

वि.सं.२०७९ भदौ १ बुधवार १७:५८ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...