back
CTIZAN AD

सकसपूर्णं बन्यो सिट बाँडफाँट : गठबन्धनबीच ढाँचामै मिलेन कुरा

वि.सं.२०७९ भदौ २ बिहीवार

702 

shares

काठमाडौं । आगामी चुनावमा तालमेल गरेर अघि बढ्ने सहमति गरेपनि पाँच दलीय सत्ता गठबन्धनमा सिट बाँडफाँटको विषय सकसपूर्णं बन्ने देखिएको छ । बाँडफाँटको ढाँचामै दलहरुबीच कुरा नमिलेपछि सिट बाँडफाँट सकसपूर्णं बन्ने देखिएको हो ।

गठबन्धनले कृष्णप्रसाद सिटौलाको नेतृत्वमा कार्यदल बनाए पनि कार्यदलले सिट बाँडफाँटको टुंगो लगाउन सकेको छैन । सिटौला नेतृत्वको कार्यदलले खाका बनाउने र कार्यदलले बनाएको खाकाको आधारमा सिट बाँडफाँट टुंग्याउने सहमति दलहरुबीच भएको थियो । तर, कार्यदल गठन भएकै दुई साता पुग्नै लाग्दा पनि कार्यदलले कुनै टुंगो लगाउन सकेको छैन । हालसम्म चार वटा बैठक बसेको भएपनि कार्यदलले कुनै निर्णय लिन सकेको छैन ।

नेताहरुले बताएअनुसार सिट बाँडफाँटको आधार २०७४ को संसदीय निर्वाचन हुने वा गत वैशाखमा भएको स्थानीय निर्वाचनलाई मान्ने भन्नेमा दुविधा छ । माओवादी केन्द्रले २०७४ को निर्वाचन र स्थानीय निर्वाचन दुवैलाई आधार बनाउनुपर्ने प्रस्ताव गरेको छ भने कांग्रेसले स्थानीय निर्वाचनलाई जोड दिएको छ । अन्य दलको भने खासै ठोस प्रस्ताव छैन ।

२०७४ मा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनको कारण कांग्रेसले धेरै सिट गुमाएको थियो । प्रत्यक्षतर्फ माओवादी केन्द्रले स्वतन्त्रसहित ३७ ठाउँमा विजय हात पार्दा कांग्रेस २३ सिटमा खुम्चिएको थियो । तर, कांग्रेसले वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा भने निकै उत्साहपूर्णंं नतिजा ल्याएको छ । कांग्रेसलाई २०७४ को निर्वाचनलाई आधार मान्दा घाटा छ भने माओवादीलाई हालै सम्पन्न स्थानीय तहको निर्वाचनलाई मात्रै आधार मान्दा घाटा छ ।

सिटौला नेतृत्वको कार्यदलले शीर्ष नेताहरुसँग बसेर मात्रै टुंग्याउने सक्ने निष्कर्ष निकालेको बुझिएको छ । तर, सिट बाँडफाँटकै लागि बिहीबार बैठक बोलाइएको भएपनि नेताहरु नजुटेपछि बैठक बस्न सकेन । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच मात्रै भेटवार्ता भएको छ ।

सबै शीर्ष नेताहरु सहभागि नभएपछि देउवा–प्रचण्ड छलफल अन्य विषयमा केन्द्रीत भएको छ । राष्ट्रपति कार्यालयबाट फिर्ता पठाइएको नागरिकता विधेयकको विषयमा देउवा र प्रचण्डबीच छलफल भएको बालुवाटार स्रोतले बताएको छ ।

वि.सं.२०७९ भदौ २ बिहीवार १६:५५ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...