back
CTIZAN AD

नेपाल र भारतबीचको सम्बन्धलाई सुदृढ बनाउदैँ पूर्वाधार विकासमा लगानी गर्न भारतीय व्यवसायीलाइ आग्रह

वि.सं.२०७९ भदौ २ बिहीवार

756 

shares

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल भ्रमणमा रहेका भारतीय व्यवसायी प्रतिनिधिलाई नेपालको जलविद्युत् र पर्यटन पूर्वाधारको विकासमा लगानी गर्न आग्रह गरेका छन् ।

आज यहाँ आयोजित एक कार्यक्रममा नेपाल भ्रमणमा आएका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री, उडिसाका प्रतिनिधि र नेपाली उद्योगी/व्यवसायीबीचको अन्तक्र्रियालाई सम्बोधन गर्दै महासङ्घका कार्यवाहक अध्यक्षसमेत रहेका ढकालले नेपालको जलविद्युत्, सूचना प्रविधि र पर्यटन क्षेत्रमा लगानी गर्न आह्वान गरेका हुन् ।

उनले नेपाल दुई ठूला र उदीयमान अर्थतन्त्रको बीचमा रहेको हुनाले नेपालको रणनीतिक स्थानले पर्याप्त बजार र लगानीको अवसर प्रदान गरेको बताए । “हामी दुई ठूला र उदीयमान अर्थतन्त्रका बीचमा छौँ । भारत, चीन, युरोपेली सङ्घ र आंशिकरूपमा अमेरिकामा पनि नेपाली सामानलाई भन्सारमा सहुलियत छ । यहाँ लगानी गर्ने अधिकांश बहुराष्ट्रिय कम्पनीले राम्रो नाफा कमाएका छन उनले भने ।

उनले नेपाल भारतसँग विशेष ऐतिहासिक, सांस्कृतिक र धार्मिक सम्बन्ध रहेको बताउँदै भारतीय व्यापारी समुदायलाई नेपाली व्यापारी समुदायसँग पनि व्यापार सम्बन्ध विस्तार र सुदृढ गर्न आग्रह गरे ।

“यस भ्रमण दलका प्रतिनिधिबाट नयाँस्तरको सहकार्यको थालनी गरेर व्यापारिक सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने प्रयास गरौँ । सबै सदस्यले एकएक वटा व्यवसायमा लगानी गर्ने प्रतिवद्धता व्यक्त गरौँ”, उनले भने, “नेपाल र भारतबीच व्यापारिक सम्बन्धको प्रचुर सम्भावना छ । भ्रमण दलका प्रतिनिधि र नेपाली व्यापारी समुदायबीचको आजको अन्तक्र्रियाले व्यावसायिक सहयोग मूर्त परियोजनामा परिणत हुनेमा म विश्वस्त छु”, उनले भने ।

ढकालले नेपालले भारतसँगको व्यापार र लगानी सम्बन्धलाई थप सुदृढ गर्दै भारतको आपूर्ति र मूल्य शृङ्खलालाई एकीकृत गरी दुवै देशले एकअर्काको फाइदा लिनसक्ने बताए । “नेपाली निजी क्षेत्र सधैँ झैँ भारतीय आर्थिक पुनरुत्थान र समृद्धिको हिस्सा बन्न आतुर छ । हामी हाम्रो द्विपक्षीय व्यापार सम्बन्ध र सहयोगलाई सुदृढ गर्न तयार छौँ”, उनले भने ।

वि.सं.२०७९ भदौ २ बिहीवार १६:५५ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...