back
CTIZAN AD

फिनल्यान्डकी प्रधानमन्त्रीको रक्सीले मातेको भिडिओ लिक भएपछि… (भिडियोसहित)

वि.सं.२०७९ भदौ ३ शुक्रवार

711 

shares

काठमाडौं । फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिन रक्सी खाएर मातेको भिडिओ अहिले सामाजिक भाइरल भइरहेको छ।

बिबिसीका अनुसार एउटा पार्टीमा मरिन झ्याप भएर नाचेको भिडिओ लिक भएसँगै उनी विवादमा परेकी हुन्। लिक भएको भिडिओमा प्रधानमन्त्री मरिनसहित फिलन्यान्डका चर्चित सेलिब्रेटी र उनका साथीहरू नाचगान गरिरहेको देखिन्छ।

३४ वर्षकी हुँदा मरिन सन् २०१९ मा फिनल्यान्डकी प्रधानमन्त्री बनेकी थिइन्। त्यतिबेला उनी संसारकै सबैभन्दा कान्छी सरकार प्रमुख थिइन्।

विपक्षी नेताहरूले मरिनले लागुपदार्थ सेवन गरेरनगरेको परीक्षण गर्नुपर्ने माग गरेका छन्।

मरिनले भने आफ्नो सार्वजनिक, पारिवारिक र नितान्त व्यक्तिगत जीवन भएको बताएकी छन्। ‘मैले रक्सी पिएकी हुँ, नाचगान पनि गरेकी हुँ। यी सबै कुरा कानुनी हुन्,’ उनले भनेकी छन्। लागुपदार्थ सेवनको परीक्षण गर्न पनि आफू तयार रहेको बताएकी छन्।

उनले भिडिओ लिक भए पनि आफूले जीवनशैली परिवर्तन नगर्ने बताएकी छन्।

‘म जस्ती थिएँ, त्यस्तै भएर बाँच्छु,’ उनले भनेकी छन्।

वि.सं.२०७९ भदौ ३ शुक्रवार १६:२१ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...