back
CTIZAN AD

नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था गम्भीर, भेन्टिलेटरमा उपचार हुँदै

वि.सं.२०७९ भदौ ३ शुक्रवार

1.1K 

shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

ललितपुरको मेडिसिटी अस्पतालमा राखेर उपचार गराइरहेका नेता गिरीको स्वास्थ्य अवस्था गम्भीर भएपछि शुक्रबार भेन्टिलेटरमा राखिएको छ ।

भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर फर्किएका नेता गिरीको स्वास्थ्यमा समस्या देखिएपछि झण्डै एक महिनादेखि मेडिसिटी अस्पतालमा उपचार गराइरहेका छन् । बिहीबारसम्म आइसीयुमा राखेर उपचार गराइएका गिरीलाई शुक्रबार भेन्टिलेटरमा सारिएको अस्पतालले जनाएको छ ।

शुक्रबारै अस्पताल पुगेका कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले पनि नेता गिरीको अवस्था गम्भीर रहेको र उनको स्वास्थ्य सुधारका लागि इश्वरीय चमत्कारको लागि प्रार्थना गरेको लेखेका छन् ।

निधिले सामाजिक संजालमा लेखेका छन् –आदरणीय मेरा अग्रजभ्रातातुल्य मित्र, समाजवादी, गांधीवादी, विचारक, योद्धा, नेपाली काँग्रेसका नेता प्रदिप गिरिलाई मेडिसिटिमा दोस्रोपटक हेरेर बाटोमा फर्कदै छु । स्तब्ध र निरिह छु । ईश्वरीय चमत्कारको लागि प्रार्थना गर्दछु – सबैले प्रार्थना गरौं !!!’

वि.सं.२०७९ भदौ ३ शुक्रवार १७:३४ मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...