back
CTIZAN AD

भकुण्डेमा फष्टाउँदै घरबास व्यवसाय

वि.सं.२०७९ भदौ ४ शनिवार

1K 

shares

गलकोट । घरबास पर्यटकीय गाउँका रुपमा परिचित बागलुङको भकुण्डे गाउँमा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । घरबास बर्खायाममा समेत खाली नभएको घरबास (होमस्टे) सञ्चालक बताउँछन् ।

बागलुङ बजारदेखि सडकमार्ग हुँदै डेढ घण्टामा पुग्न सकिने भकुण्डे गाउँमा घरबाससँगै पर्यटकीय ताल, दृश्यावलोकनका लागि बनाइएको भ्यूटावरलगायत संरचनासमेत छन् । जिल्लाकै पहिलो घरबासका रुपमा परिचित घरबास अहिले भकुण्डेको आठ घरमा सञ्चालित छ । घरबासमा एकैरात ५० पाहुना राख्न सकिन्छ भने उनीहरुको रोजाइअनुसारको सेवा सुविधा दिइँदै आएको छ ।

सुरुआतमा सामान्य व्यवस्थापनमा सञ्चालित घरबासले पछिल्लो समय आफ्नो सेवा सुविधा थप्दै गएका छन् । घरबासमा अर्गानिक स्वादिष्ट खानाका परिकार, मनोरम प्राकृतिक दृश्यावलोकन तथा तालले मनै लोभ्याउने त्यहाँ पुगेका पर्यटकले बताएका छन् । भकुण्डेको शिरमा हिरा ताल र तल बराह ताल छ ।

स्थानीय उत्पादनको स्वादको मज्जा लिन, हिमशृङ्खलाको मनोरम दृश्य हेर्न, बिदाको सदुपयोग गर्दै प्रकृतिसँग रमाउन आन्तरिक पर्यटक घरबाससम्म पुग्ने गरेका छन् ।

घरबासमा कोदोको सेलरोटी र गुन्द्रुकको परिकारले आफ्नो मन लोभ्याएको आन्तरिक पर्यटक कृष्ण सापकोटाले बताए । “निकै आनन्दित स्थानमा कोदोको सेलरोटी, मकै, बाँको गुन्द्रुक, लोकल कुखुराको झोलको स्वाद लिन पाइयो”, उनले भने, “घरबासमा उपलब्ध कोठा, शौचालय तथा स्नानघरसमेत निकै सुविधा युक्त लाग्यो, त्योभन्दा आन्नद ताल र भ्यूटावरबाट दृश्यावलोकन गर्दा आयो ।”

विसं २०७३ मा पर्यटन कार्यालय पोेखराबाट दर्ता भई आधिकारिकरुपमा सञ्चालनमा आएको बागलुङ नगरपालिका-१० भकुण्डेस्थित होमस्टे पर्यटकका लागि गन्तव्य बनिरहेको छ । भकुण्डे भ्यूटावरबाट मात्रै नेपालका आठ हजारभन्दा माथिका छ हिमाल देख्न सकिन्छ । कोरोना महामारीको समयमा थलिएको घरबासमा पछिल्लो समय पर्यटक आउने क्रम बढेको अतिथि सत्कार घरबासकी सञ्चालक इन्द्रकुमारी थापाले बताइन् ।

“बर्खायाममा पनि हामीलाई फुर्सद छैन, पाहुना आउने थाहा भएपछि दिउँसैदेखि हाम्रो तयारी हुन्छ, खानाका परिकार पकाउनै व्यस्त भइन्छ, पाहुना नआउँदा घरको खेतीपाती गरिन्छ”, उनले भने, “बाह्य पर्यटकसमेत यहाँ आउँछन्, हाम्रो दिनचर्या घरबासमा अर्गानिक परिकार बनाउनै बित्छ ।”

घरबास सञ्चालकले गाउँमै उत्पादन गरेको आलु, भटमास, मकै, मुला, कोदोको ढिँडो, सिस्नो, गुन्द्रुक तथा खसी र कुखुराको परिकार पाहुनाको रोजाइअनुसार खुवाउने गरेका छन् । घरबास सञ्चालनमा आएसँगै ग्रामीण क्षेत्रको आर्थिक विकासमा टेवा पुगेको घरबास सञ्चालक समितिका अध्यक्ष खिमबहादुर थापाले बताए । भकुण्डे आउने पदमार्ग व्यवस्थित भए पनि सडकमार्ग सुधार गर्न आवश्यक रहेको उनको भनाइ छ ।रासस/फाइल फाेटाे

वि.सं.२०७९ भदौ ४ शनिवार १५:४५ मा प्रकाशित

कति तोकेको छ समितिले आजको बजारमा तरकारीको थोक मूल्य ?

कति तोकेको छ समितिले आजको बजारमा तरकारीको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आजको मौसम विवरण, कहाँ कहाँ पर्छ त पानी ?

आजको मौसम विवरण, कहाँ कहाँ पर्छ त पानी ?

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा...

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा...

उपत्यकाबाट बाहिरीने बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

उपत्यकाबाट बाहिरीने बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

काठमाडौं । काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...