back
CTIZAN AD

पदाधिकारी चयनपछि नारायणकाजीले भने- अब यी चार कार्यभार पूरा गरौं

वि.सं.२०७९ भदौ ६ सोमवार

711 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीले अब तत्काल यी चार कार्यभार पूरा गर्नुपर्ने बताएका छन् ।

आठौं राष्ट्रिय महाधिवेशनले पारित गरेको बिधानको ब्यबस्था र पछिल्लो केन्द्रीय समितिको बैठकको निर्देशन अनुसार पदाधिकारीले पूर्णता पाइसकेपछि अब भने पार्टीले यी चार कार्यभार पूरा गर्नु सक्ने वा नसक्ने भन्ने चुनौतीपूर्ण रहेको वरिष्ठ नेता श्रेष्ठले बताएका छन् ।

‘तर यस अवसरमा स्पष्ट हुनुपर्ने कुरा के हो भने हाम्रो सफलता वा असफलता हाम्रा सामु चुनौतिपूर्ण रुपमा उपस्थित निम्न कार्यभारहरु पूरा गर्न सक्नेछौ वा सक्नेछैनौ भन्ने कुराले निर्धारित गर्नेछ ।’ उनले भनेका छन् ।

नेता श्रेष्ठले १ नम्बरमा भनेका छन्–राष्ट्रिय एकता सुदृढ गर्नु र नेपालको राष्ट्रिय सार्बभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान र हितको रक्षा गर्नु र सबल पार्नु । नेपालको भूराजनीतिक संवेदनशीलताको उपेक्षा, स्वतन्त्र एवं असंलग्न परराष्ट्रनीतिबाट बिचलन, शक्तिराष्टहरुको संलनता एवं भूमिकामा बढोत्तरीसहित राष्ट्रिय स्वाधीनतामा संकट तथा जोखिमको खतरा बाट मुलुकलाई बचाउनु छ ।

त्यस्तै २ नम्बरमा, नेपालमा ठूलो बलिदानीपूर्ण संघर्षद्वारा स्थापित संघीय गणतन्त्रात्मक समाजवादउन्मुख समावेशी लोकतन्त्रका उपलब्धीहरुको रक्षा गर्नु, त्यसलाई ब्यबहारमा कार्यान्वयन गर्नु, बिस्तार एवं बिकास गर्नु । तर परम्परागत संसदीय गणतन्त्र भन्दा उन्नत तथा नयाँ जनवाद भन्दा भिन्न हामो मौलिकतामा स्थापित आजको नयाँ प्रकारको लोकतन्त्रको रक्षा एवं बिकास गर्नुपर्नेमा ब्यबहारमा प्रतिगमनलाई ब्यहोर्दै परम्परागत संसदीय गणतन्त्रको अभ्यासको दिशामा अघि बढिरहेको नकारात्मक राजनीतिक अवस्थालाई फेरेर अग्रगामी दिशामा लैजानु आवश्यक रहेको बताएका छन् ।

त्यस्तै तीन नम्बरमा, राजनीतिक परिवर्तनलाई सामाजिक – आर्थिक क्षेत्रमा बिस्तारित गरेर सामजिक न्याय सहितको समृद्दि हाँसिल गर्नु र जनजिविकाका आधारभूत समस्याहरु समाधान गर्दै समाजवादको आधार तयार पार्नु पर्दछ । तर राजनीतिक परिवर्तनबाट आर्थिक परिवर्तनको अपेक्षा पूरा हुन नसकेको र तात्कालिक आर्थिक संकट एवं जोखिम समाधान भैनसकेको अवस्था छ । बैदेशिक सहयोग, भन्सार राजस्व र बिप्रेषणबाट देश चलाउने प्रवृत्ति, पुँजीगत खर्च कार्यान्वयनको दयनीय अवस्था एवं कहालिलाग्दो ब्यापार घाटाको निरन्तरता, चरम भ्रष्टाचार र नवउदारवादको पक्षपोषणबाट आर्थिक संकटको समाधान र न्यायपूर्ण बिकास असंभव छ भन्ने कुरा स्पष्ट रहेकोले यसलाई बदल्नै पर्ने बताएका छन् ।
त्यसैगरी ४ नम्बरमा भनेका छन्– समाजवाद निर्माणको रणनीतिक लक्ष हासिल गर्नु, समाजवादी क्रान्ति सम्पन्न गर्नु । हाम्रो समाजवाद एकातिर सारतत्वमा पुँजीवाद नै रहेको प्रजातान्त्रिक समाजवाद भन्दा बिल्कुल भिन्न रहनेछ भने अर्कोतिर गतकालमा अभ्यास गरिएको ‘सशोभियत मोडेल’ को समाजवादका कमजोरीहरु सच्च्याइएको आजको २१ औं शताव्दी अनुरुपको नयाँ मोडेलको उन्नत समाजवाद हुनेछ । यो बैज्ञानिक समाजवादको मुल मान्यतामा आधरित हुनेछ ।’

यसका लागि नैतिकताको डरलाग्दो ह्रास रोक्न जरुरी छ
वरिष्ठ नेता श्रेष्ठले उपरोक्त कार्यभार पूरा गर्नको निम्ति आम रुपमा नेपाली राजनीतिमा देखा परेको बिकृति एवं भ्रष्टीकरण–आदर्श, बिचार सिद्धान्त, देश तथा जनताको हित केन्दृत लक्ष, मूल्य, नैतिकताको डरलाग्दो ह्रासको बेग–लाई रोक्न र फेर्न जरुरी रहेको बताएका छन् ।

‘राजनीति सफा गर्ने आन्दोलनात्मक अभियान बिना यो संभव छैन । नेपाली देशभक्तिपूर्ण आन्दोलनको अग्रणी शक्ति र नेपाली समाजको क्रान्तिकारी रुपान्तरणको नेतृत्वदायी शक्ति हुनुको नाताले नेपाली कम्युनिष्ट आन्दोलन र हाम्रो पार्टीको मुख्य समस्याका रुपमा रहेको बैचारिक – सास्कृतिक समस्याको समाधान गर्नु आजको आवश्यकता हो,’ उनले भनेका छन्, ‘अर्थात बैचारिक सास्कृतिक रुपान्तरणको ठूलो अभियानद्वारा पार्टी र कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी रुपान्तरण र पुनर्गठन यतिबेलाको ऐतिहासिक आवश्यकता हो । इतिहासले सुम्पिएको यो जिम्मेवारीलाई गम्भीरतापूर्वक आत्मसात गर्दै यसलाई पूरा गर्ने दिशामा दृढतापुर्बक अघि बढ्नु हाम्रो कर्तब्य हो ।’

उनले तात्कालिन रुपमा आसन्न चुनावी मोर्चाको संघर्षलाई त्यस अन्तर्गतकै कामको रुपमा बुझिनु पर्ने बताउँदै पार्टीका अध्यक्ष प्रचण्डको नेतृत्वमा रहेको बर्तमान पदाधिकारी टिमले यस ऐतिहासिक कार्यभार पूरा गर्ने दिशामा ठोस गुणात्मक कार्य गर्ने जिम्मेवारी प्राप्त नेतृत्व टिमको रुपमा आफुलाई बुझ्नु पर्ने तथा त्यसै अुनुरुप एकता एवं समर्पणका साथ क्रियाशील हुनुपर्ने बताएका छन् ।

‘अन्यथा हाम्रो पद को कुनै तात्विक अर्थ रहनेछैन । आफ्नो तर्फबाट यस निम्ति प्रतिबद्धता ब्यक्त गर्दै सम्पूर्ण पदाधिकारी कमरेडहरुलाई समेत हार्दिक एवं गंभीर अपील गर्दछु । हाम्रो सफलता,असफलताको कसी यही हुनेछ ।’ उनले भनेका छन् ।

सकारात्मक पक्षमा स्पष्ट हुन जरुरी
वरिष्ठ नेता श्रेष्ठले उपरोक्त चार कार्यभारहरु पूरा गर्न र त्यसका लागि पार्टी र समग्र कम्युनिष्ट आन्दोलनको रुपान्तरण एवं पुनर्गठन गर्न अघि बढ्दा सर्बप्रथम सबैले सकारात्मक पक्षहरुको बारेमा स्पष्ट हुँदै त्यसलाई आत्मसात गर्नु जरुरी रहेको बताएका छन् ।

नेता श्रेष्ठले भनेका छन्
१-हाम्रो पार्टी अहिलेकै अवस्थामा पनि नेपालका प्रमुख राजनीतिक पार्टीहरु मध्ये सबभन्दा राम्रो परिवर्तनकारी पार्टी हो ।
२- सामाजिक न्याय सहितको समृद्दिको तात्कालिक कार्यनीतिक कार्यभार र बैज्ञानिक समाजवादको मूल्य मान्यतामा आधारित समाजवाद निर्माणको रणनीतिक कार्यभार पूरा गर्न सक्षम क्रान्तिकारी पार्टीका रुपमा रुपान्तरण एवं बिकासको संभावना पनि हाम्रो पार्टीमा नै छ ।

निम्न तथ्यहरुले हाम्रो पार्टीमा नै त्यो संभावनाको आधार रहेको स्पष्ट गर्दछ ।

एक, आजको परिवर्तन र उपलब्धीको मुख्य बाहेक शक्ति हाम्रो पार्टी हो, जुन कुरामा हामी गर्व गर्न सक्छौं ।

दुई, ऐतिहासिक परिवर्तनलाई संस्थागत गरिएको वर्तमान संविधानमाथि प्रतिगामी प्रहार हुँदा प्रतिगामी कदमको बिरुद्ध ब्यापक संघर्षको अगुवाई गरेर तात्कालिक प्रतिगमनलाई असफल पार्न मुख्य भूमिका खेल्ने शक्ति पनि हाम्रो पार्टी नै हो ।

तीन, हाम्रो पार्टी आफ्नो मुल नेतृत्वदायी भुमिकामा हाँसिल गरिएको परिवर्तनलाई ऐतिहासिक महत्वको परिवर्तन ठान्दछ र यसका उपलब्धीहरुको रक्षाको पक्षमा पनि दृढ छ । तर हाम्रो पार्टी अहिलेको यो परिवर्तनलाई पूर्ण र अन्तिम ठान्दैन । बरु समाजवादी ब्यबस्थाको स्थापना गर्न दृढ छ ।

चार, हाम्रो पार्टी नै त्यो पार्टी हो जसले आफ्नो कमजोरी र रोगको स्पष्ट पहिचान एव्वं सार्वजनिक स्विकारोक्तिका साथ त्यसलाई सच्च्याउने वा उपचार गर्ने प्रतिबद्धता ब्यक्त गरेको छ ।

तसर्थ हाम्रो पार्टीको रुपान्तरणको संभावना छ किनकि यो संभावनाको आधार हामीभित्र छ । तर त्यसको शर्त हो, हामी आफै आफ्नो निष्कर्ष प्रति इमान्दार भएर रुपान्तरित हुन तयार हुनुपर्छ । सही नयाँ निष्कर्ष तर पुरानै यथास्थितिबादी ब्यबहारको निरन्तरता आजको हाम्रो मुख्य समस्या र चुनौती हो । यसको सकारात्मक समाधान गर्ने साहास हामीले देखाउनै पर्छ । पार्टीले हामीलाई महत्वपूर्ण जिम्मेवारी सुम्पिएको यस अवसरमा आउनुहोस एकताबद्ध भएर पुर्ण समर्मणका साथ यस दिशामा अघि बढ्ने संकल्प गरौं ।’

 

वि.सं.२०७९ भदौ ६ सोमवार १४:३१ मा प्रकाशित

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

कञ्चनपुर । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री...

पालिकाले दियो एसइईमा उत्कृष्ट विद्यार्थीलाई ल्यापटप

पालिकाले दियो एसइईमा उत्कृष्ट विद्यार्थीलाई ल्यापटप

भोजपुर । यहाँको रामप्रसादराई गाउँपालिकाले शैक्षिकसत्र २०८२ को माध्यमिक शिक्षा...

संस्कृति र प्रकृतिको सङ्गम  नारच्याङ लेकगाउँ र मगर संग्रालय

संस्कृति र प्रकृतिको सङ्गम नारच्याङ लेकगाउँ र मगर संग्रालय

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ लेकगाउँ संस्कृति र...

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...