काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६५८ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ६ हजार ६४३ नमुना परीक्षणमा ६५८ कोरोना संक्रमित थपिएका हुन् ।
आज थपिएका ६५८ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ९५ हजार ६४६ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा ४५६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ४५६ जनासँगै नेपालमा हालसम्म ९ लाख ७९ हजार ३५७ जना संक्रमणबाट मुक्त भएका छन् ।
त्यसैगरी आज एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका १ जनासँगै नेपालमा हालसम्म ११ हजार ९९३ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै नेपालमा हाल ४ हजार २९६ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ४ हजार १३४ जना होम आइसोलेशनमा, १६२ जना संस्थागत, आइसीयुमा ५० र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा ३८ हजार १५ मात्रा कोरोना भाइरसविरुद्धको खोप लगाइएको पनि मन्त्रालयद्धारा जारी विवरणमा उल्लेखछ ।
वि.सं.२०७९ भदौ ७ मंगलवार १६:२३ मा प्रकाशित






























