back
CTIZAN AD

लगातार मूल्य घट्न थालेपछि चिन्तामा अलैँची किसान

वि.सं.२०७९ भदौ ७ मंगलवार

507 

shares

मङ्गलबारे । इलाममा अलैँची टिप्न सुरु भएको छ । जिल्लाका तल्लो क्षेत्रमा यसको टिपाइ सुरु भएको हो । पूर्वी पहाडी क्षेत्रका किसानको आम्दानीको मुख्य नगदेबालीका रुपमा रहेको अलैँचीको टिपाइ सुरु भए पनि भाउ ओरालो लागेपछि किसान चिन्तित भएका छन् ।

रोङ गाउँपालिका, सूर्योदय, इलाम, देउमाई नगरपालिकाको खोला किनार क्षेत्रको बगानमा किसानले अलैँची टिप्न सुरु गरेका छन् । उच्च मूल्य हुँदा प्रति मन (४० किलोग्राम) रु एकलाख माथिले बिक्री भएको अलैँचीलाई खोल्साको कालो सुनको उपनामसमेत दिइएको छ । तर सोही अलैँची हाल करिब ३० हजार प्रति मन बिक्री हुने गरेको छ ।

अघिल्लो वर्षको तुलनामा यसवर्ष भाउ घटेको छ । बर्सेनि भाउ ओरालो लाग्न थालेपछि किसान चिन्नित बनेका छन् । पछिल्लो समय अन्नबाली मासेर किसानले बारीमा अलैँची लगाउन थालेका छन् । एकातिर विभिन्न रोगले अलैँची मासिने र अर्कातिर भाउ घट्दै गएपछि अलैँचीको विकल्प खोज्नेतिर किसान पुगेका छन् ।

भारतको बाटो भएर विदेश निर्यात हुने अलैँचीले देशको अर्थतन्त्रमासमेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । तर सरकारी क्षेत्रबाट मासिँदै गरेको अलैँची ब्यूँताउन खास किसान समक्ष कार्यक्रम नै नल्याएको किसानको गुनासो छ । गएको वर्ष खरिद गरेर राखिएको अलैँची यसवर्ष बढी मूल्यमा बेच्ने आशामा राखिएको भए पनि मूल्य घटेपछि व्यवसायीसमेत चिन्तित छन् । यसवर्ष प्रतिमन ३२ हजारले खरिदबिक्री भइरहेको इलाम बिब्ल्याँटेका व्यापारी कृष्ण पौडेलले बताउनुभयो । उहाँका अनुसार राम्रो माल मात्र सो मूल्यमा किन्न सकिन्छ ।

अलैँची टिप्ने कामदारलाई पनि उच्च मूल्य दिइने गरिएको छ । वर्षभरी पानी लगाउने, मलजल र स्याहार गर्ने खेताला लगाएर अलैँची टिप्ने साथै छोडार सुकाउन्जेलमा किसानलाई धेरै नाफा नहुने उहाँहरुको भनाइ छ । नेपालमा ४० जिल्लामा यसको खेती हुँदै आएको बताइएको छ । प्रदेश नं १ को इलामसहित पाँचथर तेह्थुम, धनकुटा, ताप्लेजुङ, सङ्खुवासभा, खोटाङमा यसको व्यावसायिक उत्पादन हुने गरेको छ ।

नेपालमा १८ हजार दुई सय ७३ हेक्टरमा अलैँची खेती हुने गरेको कृषि मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । साथै सात हजार नौ सय ५४ मेट्रिक टन वार्षिक अलैँची उत्पादन हुँदै आएको बताइएको छ । सरकारले नेपालको अलैँची नेपालमा नै प्रशोधन गर्न पहल गरे यसको मुल्य पुन बढ्न्े किसानको भनाइ छ ।

वि.सं.२०७९ भदौ ७ मंगलवार १६:१५ मा प्रकाशित

आलुखेतीबाट आत्मनिर्भर बन्दै यहाँका किसान, वार्षिक दुई करोडको निर्यात

आलुखेतीबाट आत्मनिर्भर बन्दै यहाँका किसान, वार्षिक दुई करोडको निर्यात

दशरथचन्द (बैतडी) । बेलाबेला पानी परेकाले बैतडीको पाटन नगरपालिका–८ किसान...

ऋण खोजेर सुरु गरेको  तरकारी खेतीले सोवितलाई दिलाएको सफलता

ऋण खोजेर सुरु गरेको तरकारी खेतीले सोवितलाई दिलाएको सफलता

सन्तोष गौतम, म्याग्दी । तीस वर्षअघि साथमा रु एक सय...

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...