काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि हाइब्रिड फण्ड एल-१ र एनएमबि फिफ्टीले बिहीबारदेखि प्रतिफल वितरण गर्ने भएको छ ।
दुवै फण्डले आर्थिक वर्ष २०७८/७९ का लागि इकाईधनीहरुलाई बराबर २१.०५२६३ प्रतिशत लाभांश घोषणा गरेको थियो । लाभांश वितरणका लागि योजनाले गत साउन ३१ गते बुक क्लोज गरेका थिए ।
अघिल्लो आर्थिक वर्षको तुलनामा हाइब्रिड फण्ड एल १ योजनाहरुको लाभांश सामान्य बढेको हो । तर फिफ्टीले भने घटाएर लाभांश दिएको छ ।
आव २०७७/७८ का लागि हाइब्रिड फण्ड एल -१ ले २० प्रतिशत लाभांश दिएको थियो । सो अवधिमा फिफ्टीले ३० प्रतिशत प्रतिफल वितरण गरेको हो ।
पछिल्लो तथ्यांक अनुसार हाइब्रिड फण्ड एल १ प्रति इकाई खुद सम्पत्तिको मूल्य(न्याभ) ११.०२ रुपैयाँ छ । यस्तै, फिफ्टीको न्याभ ११.२४ रुपैयाँ छ ।
वि.सं.२०७९ भदौ ९ बिहीवार ११:४२ मा प्रकाशित
























