काठमाडौं । कुमारी बैंक र वीरेन्द्रनगर, सुर्खेतस्थित द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेनबीच छुट सम्बन्धी सम्झौता भएको छ ।
बैंक र बर्गर हाउसबीच बैंकका ग्राहकहरुलाई सेवाहरुमा कुमारी बैंकका डेबिट÷क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।
उक्त सम्झौता पश्चात् बैंकका ग्राहकहरुले सुर्खेतस्थित द बर्गर हाउसका विभिन्न आउटलेट तथा खानपिनमा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन् ।
बैंकले १९७ शाखा सञ्जाल, १९१ एटिएम, ४९ शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेनसन काउन्टरबाट सेवा प्रदान गर्दै आएको जनाएको छ ।
वि.सं.२०७९ भदौ १० शुक्रवार १४:५२ मा प्रकाशित
























