Logo
२१ जेष्ठ २०८०, आईतवार
     Sun Jun 4 2023
E-paper
  English Edition
   Unicode
Logo

काठमाडौं महानगरले भत्कायो भोटाहिटीको ‘सब–वे’माथिको अवैध संरचना



काठमाडौं । काठमाडौं महानगरपालिकाले भोटाहिटी–रत्नपार्कको अण्डरपास (सब–वे) माथिको अवैध संरचना भत्काएको छ । केही दिनदेखि काठमाडौंका विभिन्न क्षेत्रका अवैध संरचनाहरु भत्काइरहेको महानगरले आइतबार भोटाहिटी र रत्नपार्क जोड्ने अण्डरपासमाथि बनाइएका अवैध संरचना भत्काएको हो ।

पैदलयात्रु हिँड्ने सब–वेमाथि व्यापार गर्ने उद्देश्यले थपिएको नक्सा विपरीतको संरचना हटाउन थालिएको महानगर प्रहरी प्रमुख राजु पाण्डे जानकारी दिए । उनका अनुसार सबवेभित्रका ७ वटा बाहेकका सबै सटर अवैध छन् ।

महानगरले अवैध भनि हटाउन थालेको सब–वेको सम्पूर्णं ठेक्का नै मिलेमतोमा भएको यसअघि नै संसार न्यूजले सार्वजनिक गरेको थियो । निकै महत्वपूर्ण ठाउँमा रहेको सब–वेलाई काठमाडौं महानगरपालिकाले २०५९ असार ३१ देखि २५ वर्षको लागि ठेक्कामा दिएको थियो ।

तत्कालिन वडा नं. ३० का अध्यक्ष चिनियामान बज्राचार्यले साविक काठमाडौं महानगरपालिका वडा नं. २७ का ढोलाहिटी निवासी राजु श्रेष्ठलाई २५ वर्षको लागि कौडीको भाउमा ठेक्कामा दिएका थिए ।

२२ व्यवसायीक सटर रहेको सब–वेको वार्षिक ठेक्का जम्मा २४ हजार २ सय ५ रुपैयाँ छ । जुन करको दरभन्दा पनि हो । तर, महानगरले विरोध भएपनि उक्त ठेक्कालाई हालसम्म तोडेको छैन ।

सम्बन्धित समाचार

सार्वजनिक सम्पत्तिमाथि लुट : कौडिको भाउमा महानगरले सब–वे बेचेको खुलासा


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

म्यामराज राई, भोजपुर हाल–जापान ‘सन् २०२३, मार्च १३ तारिख । थ्याङ्स गड् !’ पासाङ्

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।