back
CTIZAN AD

प्रतिनिधिसभाबाट पारित भएको नागरिकता विधेयक राष्ट्रियसभामा

वि.सं.२०७९ भदौ १२ आइतवार

753 

shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि १५ बुँदे सुझाबसहित फिर्ता भएको नागरिकता विधेयक राष्ट्रियसभामा प्रवेश गरेको छ । आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएको ‘नेपाल नागरिकता ९पहिलो संशोधन विधेयक २०७९’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी गराइएको थियो ।

आइतबार राष्ट्रियसभामा फिर्ता विधेयकबारे जानकारी गराइएपनि विधेयकमाथिको छलफल आगामी बैठकहरुमा हुनेछ ।

राष्ट्रपतिबाट फिर्ता भएको विधेयक प्रतिनिधिसभाबाट भदौ २ मै हुबहु पारित भइसकेको छ । प्रतिनिधिसभाबाट विधेयक पारित भएको १० दिनपछि राष्ट्रिय सभामा टेबुल भएको हो । अब राष्ट्रिय सभाले पारित गरेपश्चात मात्रै विधेयक राष्ट्रपतिकोमा पुग्नेछ ।

यसअघि दुवै सदनबाट पारित भई १५ साउनमा प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेको थियो । तर, राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि भन्दै विधेयकलाई प्रतिनिधि सभामै फिर्ता पठाएकी थिइन् ।

वि.सं.२०७९ भदौ १२ आइतवार १४:०४ मा प्रकाशित

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

डुम्रे (तनहुँ) । यहाँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरि सामुदायिक वनलाई...

युरोप इतिहासकै भीषण गर्मीको चपेटामा

युरोप इतिहासकै भीषण गर्मीको चपेटामा

युरोपका अधिकांश देशहरू यतिबेला इतिहासकै भीषण गर्मीको चपेटामा परेका छन्।...

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

गलकोट (बागलुङ) । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय...

घट्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ मूल्य सूची

घट्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ मूल्य सूची

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ...