back
CTIZAN AD

क्यानडाको नायगरा फल्समा नेपाल फेस्टिभल हुने

वि.सं.२०७९ भदौ १२ आइतवार

1.1K 

shares

अमेरिका। क्यानडाको नायगरा फल्समा नेपाल फेस्टिवल हुने भएको छ ।

हामी नेपाली ग्लोवलका सभापति अमृत लामाको पहलमा संसारभरीका पर्यटकको रोजाइ बनेको नायगरा फल्समा आउदो अक्टोबर २ मा नेपाल फेस्टिवल हुने भएको हो ।

नेपालमा पर्यटक भित्राउनका लागि पहल गर्ने, नेपालमा बनेको उत्पादनको बजार प्रवद्र्धन गर्ने तथा त्यसको बजारको सम्भावना खोज्ने लगायतका उद्धेश्यसहित नेपाल फेस्टिवल गर्न लागेको बताइएको छ ।

No description available.

‘विश्वका पर्यटकको आँखा पुग्ने नायगरा फल्समा आउने पर्यटकका बीच पनि नेपालको कला संस्कृति प्रवद्र्धनका लागि केही राम्रो काम गर्न सकियोस् भन्ने उद्धेश्यले यो फेस्टिवल गर्न लागेका हौं ।’ संस्थाका सभापति अमृत लामाले जानकारी दिए ।

त्यसका लागि अध्यक्ष लामा आफै क्यानडा पुगेर लामा गुरुहरुसँग भेटेर यसबारे छलफल गरी अक्टोबर २ मा नेपाल फेस्टिवलका लागि उपस्थित हुन अनुरोध गरेका थिए । उक्त फेस्टिवलमा नेपालका विशेष पर्यटकिय क्षेत्रको फोटो प्रदर्शन तथा नेपालको पर्यटन प्रबद्र्धन गरिएको लामो ट्रक पनि आउने बताइएको छ ।

त्यसैगरी क्यानाडाका नेपाली दाजुभाइ तथा दिदीबहनीहरुलाई पनि कार्यक्रम सफल बनाउनका लागि कुरा भएको जोेन खड्कीले बताए । साथै नायगरा फल्समा भएको टेष्ट अफ नेपाल रेष्टुरेण्टमा हामी नेपाली ग्लोवलको मिटिङ गरिएको थियो ।

No description available.

मिटिङमा डाइरेक्टर अफ विजनेश अमेरिकाका शेषराज खतिवडाले अक्टोबर २ मा हुने नेपाल फेस्टिभलको लागि जिम्मेवारीका विषयमा कुरा राखेका थिए भने संस्थाका अध्यक्ष लामाले अमेरिकामा रहेका नेपाली संघ संस्थासँग सहकार्य गर्नुपर्ने विषयमा जानकारी गराएका थिए । त्यसैगरी टेष्ट अफ नेपाली रेष्टुरेण्टका संचालक टेक भट्टराईले सम्भव भएसम्मको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

संस्थाका न्युयोर्क च्याप्टर अध्यक्ष ध्रुव कुँवरले उक्त फेस्टिवलका लागि न्यूयोर्कमा रहेका सम्पूर्ण नेपाली संघसंस्थालाई सहभागी हुन अनुरोध गरेका छन् ।

त्यस्तै कार्यक्रममा हामी नेपाली ग्लोवलका प्रवक्ता केशवराम राईले क्यानडामा भएका नेपाली संघ संस्था र अमेरिकामा संघ संस्थाका बीचमा सहकार्यका लागि टिम बनाएर वर्षैपिच्छे नायगरा फल्समा यस्ता कार्यक्रम गर्दा नेपाल र नेपालीलाई विश्वभर चिनाउन सकिने र नेपालमा पर्यटक भित्राउन सहयोग पुग्ने बताए ।

No description available.

त्यस्तै हामी नेपाली ग्लोवलका बिजनेश डाइरेक्टर अमेरिकाका शेषराज खतिवडाले सम्भव भएसम्म सबै प्रकारका सहयोग गर्ने जानकारी दिएका थिए भने संस्थाका बोर्ड अफ डाइरेक्टर सन्दीस्प लामाले सबै मिलेर काम गर्दा सहज रुपमा सफलता प्राप्त गर्न सकिने बताए ।

त्यस्तै संस्थाका उपाध्यक्ष न्युयोर्कका मेयर एरिक एडम्सका एशियन अफेयर्स एडभाइजरी काउन्सील मेम्बर तथा कलेज पोइन्ट सिभिक एण्ड ट्याक्स् पेयर्स एसोसियसनका अध्यक्ष नवराज के.सीको पहलमा नायगरा फल्समा टेष्ट अफ नेपाल रेष्टुरेण्टको प्रागंणमा संस्थाका तर्फबाट अध्यक्ष लामाले हातधुने साबुन र सेनिटाइजरहरु वितरण गरेका थिए ।

 

वि.सं.२०७९ भदौ १२ आइतवार १४:१६ मा प्रकाशित

युरोप इतिहासकै भीषण गर्मीको चपेटामा

युरोप इतिहासकै भीषण गर्मीको चपेटामा

युरोपका अधिकांश देशहरू यतिबेला इतिहासकै भीषण गर्मीको चपेटामा परेका छन्।...

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

गलकोट (बागलुङ) । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय...

घट्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ मूल्य सूची

घट्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ मूल्य सूची

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...