काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकहरुले हिबाची प्लेसमा आकर्षक छुट पाउने भएका छन् । बैंक र प्लेसबीच मर्चेन्ट सम्झौता भएको हो । बैंक र प्लेसबीच आइतबार समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध हुनेले काठमाडौंको लाजिम्पाटस्थित हिबाची प्लेसले प्रदान गर्ने उत्कृष्ट सेवा सुविधाहरुमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउन सक्नेछन् ।
उक्त सुविधा प्राप्त गर्न ग्राहकहरुले बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सजिलै पाउन सक्ने बैंकले जनाएको छ ।
वि.सं.२०७९ भदौ १३ सोमवार १२:३८ मा प्रकाशित





























