back
CTIZAN AD

सिजिनेट जोडी र सिजि ग्राण्ड जोडी अफर शुभारम्भ

वि.सं.२०७९ भदौ १४ मंगलवार

873 

shares

काठमाडाैं । इन्टरनेट सेवा प्रदायक कम्पनि सिजि नेटले स्काईकमसँगको सहकार्यमा वहुप्रतिक्षीत आईपीटिभी सेवा सिजिनेट जोडी योजना शुरु गरेको छ । ग्राहकको आवश्यकता र मागलाई मध्यनजर गर्दै भरपुर मनोरञ्जन दिलाउने उद्धेश्यले कम्पनीले आइतबारदेखि सिजिनेट मेगा जोडी र सिजिनेट ग्राण्ड जोडी अफरको शुभारम्भ गरेको हो । यो सेवा सञ्चालनमा आएसँगै अब ग्राहकले सिजिनेट र आइपीटिभी दुवै सेवा सञ्चालन गर्न पाउने छन् ।

आइपीटिभीअन्तर्गत २५७ च्यानल उपलब्ध हुने छन् । भने ती च्यानल मध्ये १२५ वटा एचडी र १३२ वटा एसडी च्यानल हुनेछन् । ती मध्ये ५० भन्दा बढी इन्टरटेण्टमेण्ट च्यानल, १० भन्दा बढी म्युजिक च्यानल, १० भन्दा बढी किड्स च्यानल, १० भन्दा बढी धार्मिक च्यानल, २० भन्दा बढी स्पार्टस च्यानललगायतका च्यानलहरु हुनेछन् ।

यस्तै यसमा २० भन्दा बढी स्टार च्यानल, १५ सोनी चयानल, ५ कलर च्यानल, १० जी नेटवर्क लगायत छन् । सिजिनेटले आफ्ना ग्राहकहरुका लागि न्युन शुल्कमा उच्च गुणस्तरीय क्वालिटी सुनिश्चित गर्दै सिजिनेट जोडी सेवा शुरु गरेको हो ।

सिजी नेट जोडी प्याकेज त्रैमासिक र वार्षिक रुपमा उपलब्ध हुनेछन् । स्प्रिण्टर जोडी (८० एमविपिएस प्लस आइपीटिभी)को प्रति महिना ८१०, पपुलार जोडी (१५५ एमविपिएस प्लस आइपीटिभी) को १०५५ र रकस्टार जोडी (३०५ एमविपिएस प्लस आइपीटिभी) को प्रतिमहिना १३७४ शुल्क लाग्नेछ ।

त्रैमासिक योजना अनुरुप स्प्रिण्टर जोडी ८० एमवीपिएसको साथमा आइपी टिभीको रु २६४०, पपुलार जोडी एमवीपिएसको साथमा आइपी टिभीको रु ३७५० र रक स्टार जोडी ३०५ एमवीपिएसको साथमा आइपी टिभीको रु ९७२० शुल्क लाग्ने छ ।

यस्तै बार्षिक योजना अनुरुप स्प्रिण्टर जोडी ८० एमवीपिएसको साथमा आइपी टिभीको रु ९७२०, पपुलार जोडी एमवीपिएसको साथमा आइपी टिभीको रु १२६६० र रक स्टार जोडी ३०५एमवीपिएसको साथमा आइपी टिभीको रु १६४८८ शुल्क लाग्ने छ । यो दरमा १३ प्रतिशत भ्याट जोडिने छ । सेटप बक्सकालागि ग्राहकले एक पटक रु २६०० शुल्क तिुर्नु पर्ने छ । यसकासाथै सिजिनेटले वदलिँदो समय अनुरुपमा निरन्तररुपमा उच्चस्तरीय सेवा उपलब्ध गराउँदै लैजाने छ ।

सिजी डिजिटलले सिजि नेट सँगको सहकार्यमा सार्वजनिक गरेको सिजी ग्राण्ड जोडी अफर अन्तर्गत ग्राहकले दुई फरक स्मिक प्राप्त गर्न सक्नेछन् । जसमा ग्राहकले ८० एमवीपिएस र आइपिटिभीका साथमा ४३ इन्चको सिजी टिभी रु ३५९९९ मा र ८० एमवीपिएस र आइपिटिभीका साथमा ३२ इन्चको सिजी टिभी रु २५४९९ मा प्राप्त गर्न सक्नेछन् । ग्राहकले यीे जोडी प्याकेजहरु सिजी नेट कार्यालय, सिजी डिजिटल आउटलेट, सिजिनेट वेवसाइट, फोन सम्पर्क वा दराज अनलाइनमार्फत प्राप्तगर्न सक्नेछन् ।

कम्पनिका अनुसार ४० हजार भन्दा बढी ग्राहकले यसअघि नै काठमाडौं उपत्यकाका साथै हेटौडा, वुटवल, भैरहवा, नवलपुर, भरतपुर, रत्ननगर र कावासोती गरी ७ प्रमूख शहरहरुवाट यो सेवा सुनिश्चित गरिसकेका छन् ।

वि.सं.२०७९ भदौ १४ मंगलवार १५:०१ मा प्रकाशित

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल...