back
CTIZAN AD

प्राधिकरणले आफ्नै परिसरबाट सञ्चालनमा ल्यायो विद्युतीय चार्जिङ स्टेशन

वि.सं.२०७९ भदौ १४ मंगलवार

939 

shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पहिलो पटक सरकारी तहबाट विद्युतीय सवारी साधन चार्ज गर्न स्टेशन सञ्चालनमा ल्याएको छ। मंगलबार प्राधिकरणको केन्द्रीय कार्यालय रत्पपार्कमा एक कार्यक्रमका चार्ज स्टेशन उद्घाटन गरिएको थियो ।

चार्जिङ स्टेसनमा एकै पटक ३ वटा सवारी चार्ज गर्न मिल्ने प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले जानकारी दिएका छन् । देशका विभिन्न ५१ स्थानमा सवारी चार्जिङ स्टेशन स्थापनाका काम भइरहेको पनि उनले जनाएका छन् ।

उनका अनुसार यीमध्ये २६ वटा ठूला सवारी साधन र २५ वटा साना सवारी साधन चार्ज गर्न मिल्ने स्टेशन हुनेछन् ।

उनले जनाएअनुसार एउटा स्टेसन बनाउन करिब ९० लाख रुपैयाँ खर्च लाग्ने छ । चार्जिङ स्टेशनमा बिजुली गाडी चार्ज गर्दा प्रति युनिट ५ रुपैयाँ हाराहारी पर्ने घिसिङको भनाई छ । उनले दिउसोको समयमा भन्दा रातिको समयमा चार्ज गर्दा कम मूल्य लाग्ने बताए ।

विद्युतीय सवारी प्रयोगलाई बढाउन र विद्युत खपत प्रवर्द्धनका लागि चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ।

सवारी साधन चार्जको रकम भुक्तानीका लागि प्राधिकरणको मोबाइल एप्स प्रयोग गर्न सकिन्छ। करिब आधादेखि एक घन्टा चार्ज गर्दा व्याट्री पूर्ण चार्ज हुने पनि प्राधिकरणले जनाएको छ ।

वि.सं.२०७९ भदौ १४ मंगलवार १४:३९ मा प्रकाशित

दूधको भुक्तानी अवधि घटाइउने कृषि मन्त्रीको प्रतिबद्धता

दूधको भुक्तानी अवधि घटाइउने कृषि मन्त्रीको प्रतिबद्धता

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले किसानबाट खरिद...

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकारको दृढता

नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकारको दृढता

काठमाडौँ । पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले नेपाललाई...

स्कारपियो दुर्घटनाकी घाइते लक्ष्मी बडुको मृत्यु, ५ घाइतेको उपचार हुँदै

स्कारपियो दुर्घटनाकी घाइते लक्ष्मी बडुको मृत्यु, ५ घाइतेको उपचार हुँदै

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा उच्च अदालत जनकपुर, अस्थायी...

पेसा फेरियो, दलन फेरिएन

पेसा फेरियो, दलन फेरिएन

काठमाडौँ । नेपालमा समाजिक विभेदको इतिहास विडम्बनापूर्ण छ । जुन...

टिपरको ढालाबाट खसेर एक युवकको मृत्यु

टिपरको ढालाबाट खसेर एक युवकको मृत्यु

मुस्ताङ । जिल्ला मुस्ताङ घरपझोङ गाउँपालिका- ४ पुच्छर ढोङमा टिपरबाट...