back
CTIZAN AD

तीज गीतः भनिदेउ न दीदीबैनी कसो गर्ने हो

वि.सं.२०७९ भदौ १४ मंगलवार

756 

shares

नीलकण्ठ तिवारी,काठमाडौं 

आउछ भन्छौ–समाजवाद, संविधानमा लेखेर
कहिल्यैपनि आको हैन, वग्गि चढेर ।
भूईचालो र कोरोनाले, आत्मनिर्भर सम्झायो
स्वाधिनता र समृद्धिका, सपना बरीलै ।।

कोभिद भन्ने भाइरसले, चेतावनी दिंदानी
मगन्ते–संस्कृतिमा, धोका पाउंदानी ।
अझै हाम्लाइ चेत खुलेन, माटो प्रेम जागेन
आयामुखि अर्थतन्त्र, गएन बरीलै ।।

फलफूल माछा मासु दूध दही तरकारी
खरबौको ब्यापार घाटा डाटा सरकारी ।
ब्यबशायिक उत्पादनमा, माटो प्रयोग गर्नलाई ं
अभियान नै बढाउन, पर्छ बरीलै ।।

अहिले पनि उत्पादनमा, जुटने किसान निराश छन
मल, बीउ सिंचाइका, गोता भोग्दैछन ।
प्रभावकारी बिमा छैन, बिचौलीयाको बजार
टाउको समाइ किसान, रुन्छन बरीलै ।।

राष्ट्रपति प्रधानमन्त्री, दलका नेता सबैलाई
हार गुहार धेरैपटक, भयो बरीलै ।
यो तीज पनि आयो गयो, फेरी कहिले पर्ने हो
भनिदेउ न दीदीबैनी, कसो गर्ने हो ।।

सस्तो दाममा विदेशमा छन, नेपालीका पाखुरा
साठीलाख नाघिसक्यो, गरौं के कुरा ? ।
अझै कति पुस्तालाई, विदेश जानै पर्ने हो
यी बाध्यता तोड्न अब, पर्छ बरीलै ।।

एउटै वडा तल्लो टोलमा, आप र केरा फल्दछ
माथील्लोमा सुन्तला र, स्याउ झुल्दछ ।
यार्साजस्ता जडिबुटी, अन्न भण्डार तराई
गरीविका दुश्चक्रलाई, खेदौ बरीलै ।

जल, जमिन–जंगलको, ठोस पहिचान गरेर
जराजुरी–जडीबुटीको, ख्याल राखेर ।
जनशक्ति र जनावरको, सत्य तथ्य खोजेर
जलवायुलाइ ख्याल गर्न, भनौ बरीलै ।।

राष्ट्रपति प्रधानमन्त्री, दलका नेता सबैलाई
हार गुहार धेरैपटक, भयो बरीलै ।
यो तीज पनि आयो गयो, फेरी कहिले पर्ने हो
भनिदेउ न दीदीबैनी, कसो गर्ने हो ।।

 

 

 

( लेखक, अष्ट ज अभियानका अभियन्ता हुन )

 

वि.सं.२०७९ भदौ १४ मंगलवार १३:०२ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...