काठमाडौं । एनसेलले फास्टेस्ट मोबाइल स्पिडको अवार्ड पाएको छ । ब्रोडब्यान्ड र मोबाइल इन्टरनेट स्पिडको विश्व प्रसिद्ध कम्पनी ओक्लाले एनसेललाई नेपालको फास्टेस्ट मोबाइल नेटवर्कबाट सम्मान गरेको छ ।
ओक्लाले सन् २०२२ को पहिलो र दोस्रो त्रैमासिकका लागि एनसेलले उक्त अवार्ड जित्न सफल भएको जनाएको छ । एनसेलले १७.१६ स्पिड स्कोर पाएको छ । सरकारी स्वामित्वको नेपाल टेलिकमले १६.२३ र स्मार्ट टेलिकमले ८.९७ स्पिड स्कोर पाएको छ ।
उक्त अवधिमा एनसेलको मिडियन डाउनलोड स्पिङ १७.३१ एमबिपिएस र अपलोड स्पिड ९.२६ रहेको ओक्लाले उल्लेख गरेको छ । ओक्लाले १६ हजार ९२९ प्रयोगकर्ताहरुको परीक्षण (युजर इनिसिएट टेस्ट) गरेको जनाएको छ ।
वि.सं.२०७९ भदौ १७ शुक्रवार ०९:४१ मा प्रकाशित






























