back
CTIZAN AD

वेयरहाउजिङ्ग कम्पनीकाे शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा हिमालयन क्यापिटल नियुक्त

वि.सं.२०७९ भदौ १७ शुक्रवार

996 

shares

काठमाडौं । हिमालयन क्यापिटल नेपाल वेयरहाउजिङ्ग कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा नियुक्त भएको छ । क्यापिटल र वेयरहाउजिङ्ग कम्पनीबीच धितोपत्र निष्काशनका निम्ति धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको हो ।

वेयरहाउजिङ्ग कम्पनीले जारी पुँजीको २० प्रतिशत बराबरले हुन आउने कुल १३ लाख ७५ हजार कित्ता शेयर सर्वसाधारणहरुका लागि सार्वजनिक निष्काशन हेतु निष्काशन तथा बिक्रि प्रबन्धक सेवा सम्बन्धमा सम्झौता गरेको छ ।

सम्झौता समारोहमा धितोपत्र निष्कासन तथा बिक्रि प्रबन्धक संस्था हिमालयन क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त र निष्काशन कम्पनी वेयरहाउजिङ्ग कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत जय मुकुन्द खनालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

कृषि क्षेत्रको आधुनिकीकरणका निम्ति समयानुकुल कृषि उपज भण्डारण सेवा प्रदान गर्दै राष्ट्रको दिर्घकालिन खाद्य सुरक्षामा योगदान हेतु अग्रसर रहेको वेयरहाउजिङ्ग कम्पनीमा नेपालको औद्योगिकीकरण र व्यापार प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउँदै आईरहेका विभिन्न संगठित संस्थाहरुको लगानी रहेको बैंकले जनाएको छ ।

कम्पनीले प्रदेश नं १, मधेश प्रदेश र लुम्बिनी प्रदेशमा ५५,००० मेट्रिक टनका आधुनिक साइलोहरु मार्फत कृषकहरुलाई अन्न भण्डारणको सुबिधा प्रदान गर्ने बैंकले जनाएको छ । साथै कृषिजन्य उत्पादनहरुको लिलाम बढाबढ तथा वेयरहाउस रिसिप्ट फाईनान्सीङ्ग गर्न आवश्यक पूर्वाधार तयार गरी बैंक तथा वित्तीय संस्थाको समन्वयमा धितो बन्धक व्यवस्थापनको कार्य गर्ने बैंकले जनाएको छ ।

 

वि.सं.२०७९ भदौ १७ शुक्रवार १५:४२ मा प्रकाशित

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...