back
CTIZAN AD

गठबन्धनमा सीट बाँडफाँटको सकस : कसरी लाग्ला टुंगो ?

वि.सं.२०७९ भदौ १७ शुक्रवार

942 

shares

काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेका सत्ता साझेदार दलहरुबीच सिट बाँडफाँट भने अझैसम्म पनि टुंगीन सकेको छैन । निर्णायक भनिएको बिहीबार रातिसम्म बसेको बैठक पनि निष्कर्षमा पुग्न सकेन ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँडफाँटको विषयमा मोटामोटी सहमति भइसकेको दाबी गरेका छन् । उनले एक/दुई दिनभित्रै टुंगीने पनि बताएका छन् । पछिल्ला बैठकबारे शुक्रबार प्रचण्डले भनेका छन्, “एक प्रकारको सहमति भइसकेको छ, सिट बाँडफाँटको विषय एक/दुई दिनभित्रै हल हुन्छ ।”

बिहीबारको बैठकमा प्रचण्डले कुल १६५ सिटमध्ये ५० प्रतिशत कांग्रेसले लिएर बाँकी अन्य दललाई दिने प्रस्ताव गरेका थिए । तर, प्रचण्डकै प्रस्तावमा दलहरुबीच सहमति देखिएको छैन । बिहीबारकै बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने कांग्रेस ४० र अन्यलाई ६० प्रतिशतको प्रस्ताव राखेका थिए ।

तर, यता कांग्रेसका नेताहरुले भने १०० सिटमै दाबी गरिरहेका छन् । केही नेताहरुको अभिव्यक्ति लचिलो खालको देखिएपनि उनीहरु ९० भन्दा तल आउने पक्षमा देखिन्नन् ।

शुक्रबार सुर्खेत पुगेका प्रचण्डले शनिबारसम्म प्रदेश र प्रतिनिधिसभाको सीट बाँडफाँट भइसक्ने दाबी गरेका छन् । तर, प्रचण्डले भनेजस्तो सिट बाँडफाँट सहज भने छैन । एकातिर कांग्रेस प्रचण्डकै प्रस्तावमा सहमत छैन भने अन्य दलहरु माओवादीले दिने सिटमा चित्त बुझाउने स्थितिमा देखिन्नन् ।

माओवादी केन्द्रभित्रै न्यूनतम ६० सिट पाउनुपर्ने अडान छ भने एकीकृत समाजवादी र जसपाले क्रमशः ४० र ३० सीटमा दाबी गरेका छन् । यता राष्ट्रिय जनमोर्चालाई पनि कसरी चित्त बुझाउने सकस त्यो पनि सकस देखिन्छ । जम्मा सिट १६५ भएकोमा दलहरुको दाबी २३० भन्दा बढीमा छ ।

आन्तरिक व्यवस्थापन जटिल

कांग्रेस देखिँदा सग्लो एउटा पार्टी भएपनि कांग्रेसभित्र थुप्रै गुटहरु सक्रिय छन् । महाधिवेशनको बेला केही गुटहरु देउवा पक्षमा मिसिएको भएपनि सिट बाँडफाँटमा उनीहरुको पनि भाग छुट्याउनु पर्नेछ । यता, शेखर कोइराला समूहले हैसियतको आधारमा सिट माग गरेको छ । उसले ६०/४०को प्रस्ताव देउवासँग गरेको छ । त्यसकारण थोरै सिटमा नेताहरुको व्यवस्थापनका कांग्रेसका निम्ति सकसपूर्णं छ ।

यसबीच कांग्रेससँग सहकार्यको प्रस्ताव गरेको लोसपालाई कसरी व्यवस्थापन गर्ने थप चुनौति देखिएको छ । दलहरुले लोसपा आएमा कांग्रेसले व्यवस्थापन गर्नुपर्ने पनि तर्क गरिरहेका छन् । त्यस्तो अवस्थामा कांग्रेसका निम्ति छुट्याइएको सिट व्यवस्थापन चुनौतिपूर्णं हुनेछ ।

यता, माओवादी केन्द्रसँग बाबुराम भट्टराई नेतृत्व नेसपा र वामदेव गौतम नेतृत्वको नेकपा एकता अभियानलाई व्यवस्थापनको चुनौति छ । माओवादीले पाउने सिटबाट व्यवस्थापन गर्नुपर्ने भएको कारण पनि छुट्याइएको सिटबाट कसरी व्यवस्थापन गर्ने सकसपूर्णं देखिन्छ । माओवादीभित्र आकांक्षीहरुको लर्को देखिएको कारण पनि निर्धारित सिटमा व्यवस्थापन सहज देखिन्न ।

वि.सं.२०७९ भदौ १७ शुक्रवार १५:३८ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...