back
CTIZAN AD

राष्ट्रिय सभाबाट पनि नागरिकता विधेयक हुबहु पारित

वि.सं.२०७९ भदौ १७ शुक्रवार

774 

shares

काठमाडौं । नागरिकता ऐन संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभाबाट पनि हुबहु पारित भएको छ ।

राष्ट्रपतिबाट फिर्ता भएको विधेयक २ भदौमा प्रतिनिधिसभाबाट हुबहु पारित भएर राष्ट्रिय सभामा आएको थियो ।

राष्ट्रिय सभाले पनि शुक्रबार हुबहु पारित गरेको हो । बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ प्रस्तुत रुपमा पुनः पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे। अब विधेयक पुनः प्रतिनिधिसभामा जानेछ ।

राष्ट्रिय सभाले विधेयक पारित गरेको संदेश प्रतिनिधिसभामा सुनाएपछि सभामुखबाट प्रमाणित हुँदै फेरि प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ जानेछ ।

संवैधानिक व्यवस्थाअनुसार अब राष्ट्रपतिले उक्त संशोधन विधेयक फेरि संसदमा फिर्ता पठाउन मिल्दैन। राष्ट्रपतिले प्रमाणीकरण गरे पछि उक्त ऐन लागू हुनेछ।

वि.सं.२०७९ भदौ १७ शुक्रवार २१:०६ मा प्रकाशित

पुरानो पहिरोको पिरलो

पुरानो पहिरोको पिरलो

काठमाडौँ । उपत्यकाको चक्रपथ पार गरेपछि काठमाडौँको कोलाहल विस्तारै पछाडि...

तीन लाख वर्गफिटमा फैलिँदै नाडा अटो शो, ५३ सवारी ब्राण्डसहित २०० बढी स्टल

तीन लाख वर्गफिटमा फैलिँदै नाडा अटो शो, ५३ सवारी ब्राण्डसहित २०० बढी स्टल

काठमाडौं। यो महिना नेपालले गाडी हेर्दै बितायो । अर्को हप्ता,...

प्रधानमन्त्री कार्यालयले भन्यो – प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

प्रधानमन्त्री कार्यालयले भन्यो – प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को मुस्ताङ भ्रमणलाई लिएर...

गरिमा हत्या विरोधमा काँकरभिट्टामा र्याली

गरिमा हत्या विरोधमा काँकरभिट्टामा र्याली

झापा । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा...

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता...

तेमाल बृहत् खानेपानी आयोजनाः पाँच वर्ष लम्बियो, अझै अनिश्चित

तेमाल बृहत् खानेपानी आयोजनाः पाँच वर्ष लम्बियो, अझै अनिश्चित

काभ्रेपलाञ्चोक । एघार वर्ष पूरा हुँदासम्म तेमाल बृहत् खानेपानी आयोजना...