back

ग्रेटर रेडिङ्ग नेपाली समाज एसोसियसनको नवौ अधिबेशन सम्पन्न, अध्यक्षमा न्यौपाने (तस्बिर सहित)

वि.सं.२०७३ चैत १४ सोमवार

588 

shares

readung44रेडिगं, बेलायत । ग्रेटर रेडिङ्ग नेपाली समाज एसोसियसन GRNCA रेडिङ्गबासी नेपालीहरुको साझा संस्था हो । यो समाज स्थापनाकाल देखीनै नेपाली कला संस्कृतीको बिकास र प्रवासी नेपालीहरुको भावनालाई बिसाउने साझा चौतारीको रुपमा बिकास गर्दै आएको छ ।

१७ औं बर्षमा प्रबेस गर्दै गर्दा समाजले नवौं अधिवेसन समाजका अध्यक्ष मान बहादुर गुरुङ्गको अध्यक्षतामा र जेष्ठ नागरिक ल्यां जस बहादुर गुरुङ्गको प्रमुख आतिथ्यमा संपन्न गरेको छ । सो कार्यक्रममा उपस्थित अतिथि तथा साधरणा सदस्यहरुलाई समाजका उपाध्यक्ष कृष्ण प्रसाद न्यौपानेले स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा अध्यक्ष मान बहादुर गुरुङ्गले गत दुई बर्षहरुमा कतिपय नमिलेका बिषयलाई मिलाऊने क्रममा केहि ब्यक्ति बिषेसको भावनासंग मेल नखाने कुराहरुलाई एउटै थलोमा बसेर छलफल बाट नै समाधान गर्न सकिन्छ र अहिलेको अधिवेसन सम्म आईपुग्दा यो कुरा प्रमाणित भएको छ भन्नु भयो । ऊहाँले आफ्नो नेतृत्वमा गएको दुई बर्षमा यो समाजले कालन्तरसम्म GRNCA को पहिचान गराउने थुप्रै कामहरु गरेका छन र ती मध्य एक नेपालको धादिंग जिल्लाको अचाने ऊच्च मा बी को लागी बनाईएको छ कोठे स्कुल भबन एक ज्वलन्त उदाहरण भएको कुरा ऊल्लेख गर्नु भयो ।

reding-samaj2

नौवौ महाधिवेसन कार्यक्रमको सफलताको सुभकामना दिदै समाजका संस्थापक अध्यक्ष डा। सि बि गुरुङ्गले समाजलाई मिलाएर लैजानु पर्ने भुमिकामा अध्यक्ष मान बहादुर गुरुङ्गले खेल्नु भएको भुमिकालाई प्रसंसा गर्नु भएको थियो । त्यस्तै सुभकामना मन्तब्य दिने क्रममा रेडिङ्गमा रहेका संघ संस्थाको तर्फबाट रेडिङ्ग मगर समाजका बरिष्ट ऊपाध्यक्ष सोप रेगामीले यो समाज सबैको साझा चौतारी बन्न सकोस हामी सबैको चौतारी बनोस भन्ने सुभकामाना दिनु भएको थियो । त्यस्तै सुभकामना दिने क्रममा सल्लाहाकार समितिको तर्फबाट ल्या। ढक बहादुर गुरुङ्गले समाजमा केहि नमिलेका बिषयहरु छन भने पनि यहि समाजको भित्र बाटै सामाधान खोजिनु पर्छ र यो समाजलाई एकिकृत बनाउने तर्फ सबैको ध्यान जाने छ भन्नु भयो । पचुर्गलबाट भर्खरै रेडिङ्ग सरुवा हनु भएका सामाजिक ब्यक्तित्व राममणी रिजालले कतै हामी पार्टीका झण्डा बोक्दै गर्दा नेपालको झण्डाहरु च्यातिएका त छैनन भन्दै नेपाली समाजमा काम गर्न चाहानेहरुले पार्टीको झण्डा बाहिरै राखेर नेपाली झण्डा बोक्न सुझाव दिदै सुभकामना दिनु भएको थियो ।

redingsamaj4

कार्यक्रमको दोश्रो सत्रमा समाजका महासचिव ओमकार अधिकारीले बार्षिक कार्य प्रगति बिवरण प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत कार्य प्रगति बिबरणमा केहि संसोधन सहित हलले पारीत गरेको थियो । त्यस्तै समाजका कोषाध्यक्ष दिपक गुरुङ्गले कोषको बार्षिक बिवरण पेस गर्नु भएको थियो । कोषाध्यक्षले पेस गर्नु भएको कोषको प्रतिवेदनलाई कुनै संसोधन बिनानै हलले एक मतले पारित गरेको थियो । समाजका महासचिव ओमकार अधिकारीद्वारा प्रस्तुत बिधान संसोधन प्रस्तावमा आएको आजिवन सदस्य बन्न लाग्ने रकम बृद्दीको बुदांलाई खारेज गर्दै अन्य बुदांहरु एक मतले पारित भएको छ । कार्यक्रममको अन्तमा आठौं कार्यसमितिका अध्यक्ष मान बहादुर गरुङ्गले आगामी कार्यसमितिलाई पनि सहयोग र समर्थन रहने प्रतिज्ञा गर्दै आठौं कार्यसमिति भगं भएको घोषणा गर्दै निर्वाचन समितिलाई मँच हस्तान्तरण गर्नु भएको थियो । साथै वहाले निर्वाचन समितिले खेलेको भुमिका प्रति धन्यवाद पनी दिनु भयो ।

reding-samaj1

२२ जनवरी २०१७ मा कार्यसमितिको पुर्ण बैठकले संयोजक समाजका पुर्व अध्यक्ष महेस गुरुङ्ग, सदस्यहरु पुर्व अध्यक्ष अर्जुन बस्नेत, बेद लावती, राजेन्द्र श्रेष्ठ, र सदस्य सचिव दधिराज घिमिरे रहनु भएको थियो । सदस्य सचिव दधिराज घिमिरेले कार्यक्रम संचालन गर्दै यो समाजमा मिलाएर लानु पर्ने मुख्य चुनौति र निर्वाचन गर्नु पर्ने दुबै चुनौतिलाई साथमा लिएर काम गर्दाका अनुभवहरु सुनाउनु भएको थियो । साथै वहांले नवौं बनेको कार्यसमितिले एकताको सुत्रमा बाधेको नेपाली समाजबाट आउने बर्षमा समाजको एउटा घर होस भन्ने सुभकामना दिनु भएको थियो । निर्वाचन समितिले निर्वाचनका सबै प्रकृया पुरा गर्दै समाजको बिधानको परिधी भित्र रहेर काम कार्वहीहरु गरेको जानकारी दिनु भएको थियो । २५ सदस्यिय कार्यसमितिको लागी ४४ उमेद्धारको आवेदन दर्ता निर्वाचन समितिमा परेको थियो । समाजका पुर्व अध्यक्ष, समाजका बरिष्ठ ब्यक्तित्वहरु, उमेद्धारको सुझबुझपुर्ण निर्णय कार्यसमितिका अध्यक्षको सकृयता, सदस्यहरुको अथक प्रयास र निर्वाचन समितिको निस्पक्ष्य भुमिकाले मतदानको मुखमा पुगिसकेको कार्यसमितिको चयन प्रकृया अन्तत संपुर्ण पदहरुमा निर्बिरोध भएको छ ।

कृष्ण प्रसाद न्यौपानेको अध्यक्षतामा उपाध्यक्षहरु श्रमिती सुसिला गुरुङ्ग धन बहादुर राना मगर, दिपक गुरुङ्ग, यादवकुमार श्रेष्ठ, भिमसेन खडका, नव राज न्यौपाने, महासचिव ओमकार अधिकारी, सचिव ईमान सिंह राई, कोषाध्यक्ष टेक बहादुर गुरुङ्ग, सहकोषाध्यक्ष चेत बहादुर रेगामी र सदस्यहरुमा करुण अधिकारी, खेम बहादुर थापा, तुल बहादुर गुरुङ्ग, होम बहादुर राना, सरोज थापा, नवराज पराजुली, सिद्धान्त घिमिरे, बिक्रम श्रेष्ठ, श्रीमती दुर्गा ढकाल, लाल बहादुर गुरुङ्ग, गोर्वदन राई, कृष्ण प्रसाद आचार्य, श्रीमती कल्पना पण्डित, योगराज लिम्बु रहनु भएको छ ।

redingsamaj3

निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक महेस गुरुङ्गले प्रमाण पत्र दिनु भएको थियो । समितिका सदस्य बेद लावतीले पद तथा गोपिनियताको सफत गराउनु भएको थियो । निर्वाचन समितिका संयोजक महेस गुरुङ्ग र बिषेसत सदस्य तथा पुर्व अध्यक्ष अर्जुन बस्नेत निवर्तमान अध्यक्ष मान गुरुङ्गले खेल्नु भएको भुमिकालेनै समाजलाई एकिकृत बनाएर लैजान सफल भएको छ र वहांहरुले गर्नु भएको मिहेनतको निर्वाचन समितिले बिषेस धन्यवाद दिएको थियो । निर्वाचन समितिका सदस्य राजेन्द्र श्रेष्ठको स्पष्ट आउने धाराणा र सदस्य बेद लावतीको तार्किक धाराणाले सहमतिको बातवरणालाई सहजता तर्फ लगेको थियो । कार्यक्रमको अन्तमा कार्यसमितिका निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई लाईट भिजन जाकेट लगाएर स्वागत गरि दुई बर्षकालागी समाज सेवामा लागेको सन्देस दिईएको थियो । अन्तमा नव निर्वाचित अध्यक्षले समाजको हितमा काम गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो । गत अधिवेसन पश्चात कतै न कतै टुटेका मनहरुलाई जोडन सफल निवर्तमान अध्यक्षको कार्य कुसलता प्रति पुरै हल गौर्वबान्दित भएको स्पस्ट रुपमा देख्न सकिन्थ्यो ।

वि.सं.२०७३ चैत १४ सोमवार ०८:११ मा प्रकाशित

Himalayan Life AD
अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...