स्विजरल्याण्ड । ऐक्बद्धता मंच स्विजरल्याण्डको अध्यक्षमा श्याम घले सर्वसम्मत भएका छन् । स्विटजरल्याण्डको राजधानी बर्नमा २६ मार्चका दिन सम्पन्न अधिबेशनले उपाध्यक्षमा दर्शन आचार्य, महासचिबमा कमल केसी, सचिबमा युवराज फुयाल, कोषाध्यक्षमा सिता ओझा फुयाललाई चयन गरेको छ भने सदस्यहरुमा अच्युत फुयाल, कुमारी गुरुङ, लक्ष्य गुरुङ, लेख बहादुर बिश्वकर्मा, सन्जु बिडारी, धिरज प्रधान, फुटुङटुङ लामा र शम्भु गौतम सर्बसम्मतिले चयन भएका छन्न ।
अधिबेशनमा स्विजरल्याण्डका बिभिन्न संघसंस्थाका पदाधिकारीले शुभकामना दिएका थिए । अधिबेशनमा भागलिन स्पेन, डेनमार्क, बेल्जियम लगायतका मुलुकबाट भातृसंगठनका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।
सोहि अधिबेशनले मन्चको नाम परिवर्तन गरी नेपाली जनप्रगतिशिल मन्च गराईएको बताइएको छ ।
स्मरण रहोस् लामो समयदेखि समाज सेवामा लागेका अध्यक्ष घलेले केहि दिन अघिमात्र एन आर एन स्विसको उपाध्यक्ष पदबाट राजिनामा दिएका थिए ।
वि.सं.२०७३ चैत १४ सोमवार ०८:३९ मा प्रकाशित






























