जिन्दगी पाएको थिए
कसैको ‘सेवा’ का लागी…
तर, दिन बित्दै जादैछ
अभावले गाजिएको छु
पहाड जस्तो गरुङ्गो भार लिएर
रात बिहान भौतारिएको छु…
समय छैन मलाई
आखा मिच्ने फुर्सत कहाँ
लागी परेको छु
कागजको टुक्रा कमाउनका लागी…
अब सोच्छु…
के गर्ने होला यती पैसा कमाएर्
पिताम्बरको टुक्रामा न गोजी हुन्छ न घाटमा ‘आलमारी’ …
उता, मृत्युका दुत यमराज पनी चोखा हुन्छन् रे
घुस दिदा पनि नलिने अब उम्कने कसरी….
वि.सं.२०७३ चैत १४ सोमवार १२:०० मा प्रकाशित































