back
CTIZAN AD

सीआश्वा शुल्कबारे प्रष्ट पार्दै धितोपत्र बोर्ड(सूचनासहित)

वि.सं.२०७९ भदौ २० सोमवार

1K 

shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सीआश्वा शुल्कबारे थप प्रष्ट पारेको छ । बोर्डले एक सूचना जारी गर्दै संशोधित शुल्क लागू हुने मितिको सम्बन्धमा द्विविधा पर्न गएको भनी धितोपत्र बजार सहभागीहरु, लगानीकर्ताहरु तथा अन्य सरोकारवालाहरुबाट स्पष्ट गरिदिनका लागि बोर्डमा अनुरोध भएकोले बोर्डले यसबारे थप प्रष्ट पारेको हो ।

बोर्डका अनुसार २०७९ भाद्र ५ गते भन्दा अगाडि सार्वजनिक निष्काशन खुल्ला भईसकेका संगठित संस्थाहरुको धितोपत्र सार्वजनिक निष्काशनको आवेदनको हकमा साविकको (संशोधित अघिको) व्यवस्था बमोजिमको शुल्क लाग्ने छ ।

त्यसैगरी, बोर्डले २०७९ भाद्र ५ गते पश्चात धितोपत्रको सार्वजनिक गरेका संगठित संस्थाहरुको धितोपत्र सार्वजनिक निष्काशनको आवेदनको हकमा संशोधित व्यवस्था लागु हुने सम्बन्धित सबैमा सूचित गरेको छ ।

बोर्डले धितोपत्र सार्वजनिक निष्काशनको आश्वा प्रणालीमा लाग्ने शुल्कलाई लगानीकर्ता मैत्री बनाउदै समयानुकुल परिमार्जन गरी “धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३” मा तेस्रो संशोधन गरी मिति २०७९ भाद्र ५ देखी लागु गरेको थियो ।
यस्तो छ सूचना:

वि.सं.२०७९ भदौ २० सोमवार १६:५८ मा प्रकाशित

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...