back
CTIZAN AD

चाडपर्वलाई लक्षित गरेर बिओकेले ल्यायो क्यासब्याक अफर

वि.सं.२०७९ भदौ २२ बुधवार

1.2K 

shares

काठमाडौं । बैंक अफ काठमाण्डूले चाडपर्वहरु लक्षित गरी बैंकको डेबिट र क्रेडिट कार्डमार्फत हुने सम्पूर्ण अनलाइन कारोबारमा नगद फिर्ता योजना ल्याएको छ ।

बैंकको कार्डवाहकहरुले विभिन्न अनलाइन प्लेटफर्मबाट सामान तथा सेवाहरु खरिद गरी बैंकको कार्ड प्रयोग गरी भुक्तानी गरेमा ग्राहकहरुले कारोबार गरेको रकमको १० प्रतिशत वा अधिकतम १५ सय रुपैयाँसम्म नगद फिर्ता पाउने बैंकले जनाएको छ ।

बैंकको अनुसार यस नगदफिर्ता योजना भदौ २२ गते बुधबारबाट शुरु हुनेछ । यस नगदफिर्ता योजना अन्तर्गत बैंकको कार्डवाहकहरुले नगदफिर्ता लागि योजना अवधिभर ३ वा सो भन्दा धेरै संख्याको ईकमर्स कारोबार गर्नुपर्ने हुन्छ । कारोबार रकम १० हजार वा सोभन्दा बढि रकम हुनपर्ने बैंकले जनाएको ।बैंक अफ काठमाण्डूले देशभर १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको जनाएको छ ।

वि.सं.२०७९ भदौ २२ बुधवार ०९:५० मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर...

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

काठमाडौँ । गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा सरेको...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

काठमाडौं । एभरेस्ट बैंकले पाल्पाको तानसेनमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा...