back
CTIZAN AD

महिला साफ च्याम्पियनसीप : पहिलो खेलमै भारतले पाकिस्तानलाई हरायो

वि.सं.२०७९ भदौ २२ बुधवार

855 

shares

काठमाडौँ । राजधानीमा जारी छैटौँ संस्करणको महिला साफ च्याम्पियनसीप फुटबल प्रतियोगितअन्र्गत आज भएको पहिलो खेलमा साविक विजेता भारतले पाकिस्तानलाई पराजित गर्दै प्रतियाोगितामा सुखद सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्शालामा मैदानमा भएको खेलमा भारतले पाकिस्तानलाई ३–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । पाकिस्तानको आत्मघाती गोलबाट भारतले पहिलो अग्रता लियो । खेलको २१औँ मिनेटमा पाकिस्तानकी कप्तान मारिया खानले आफ्नै पोष्टमा आत्मघाती गोल गरिदिएपछि भारतले पहिलो अग्रता लिएको हो ।

मारियाले गोल गरेको दुई मिनेट पनि बित्न नपाउँदै भारतले दोस्रो अग्रता लियो । खेलको २३ औँ मिनेटमा भारतीय खेलाडी ग्रेस डाङमीले गोल गर्दै भारतलाई दोस्रो अग्रता दिलाएकी हुन् । त्यसपछि खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा भारतकी सौम्या गुगुलोथले एक गोल थप्दै खेललाई ३–० को जित दिलाइन् । यस जितसँगै भारतले शीर्ष तीन अङ्क जोडेको छ । पाकिस्तानले भने प्रतियोगितमा हारबाट सुरुआत ग¥यो । उक्त प्रतियोगिताअन्तर्गत आज हुने दोस्रो खेलमा माल्दिभ्स र बङ्गलादेश भिड्नेछन् । खेल साँझ साढे ५ बजेदेखि सुरुआत हुनेछ ।

वि.सं.२०७९ भदौ २२ बुधवार १६:१६ मा प्रकाशित

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...